काठमाडौं – सेयर बजारमा ओरालो लाग्ने क्रम सोमबार पनि रोकिएन। कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ।
हिजो आइतबार नेप्से परिसूचक ९.६९ अंकले घटेको थियो।
सेन्सेटिभ इन्डेक्स झिनो अंकले बढेको छ। ०.२० अंकले बढेर ३६५.६३ विन्दुमा पुगेको छ। यसदिन ५१ करोड ५८ लाख बराबरको सेयर कारोबार भएको छ।
आइतबार ८० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको थियो।
२१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका १३ वटा समूहमध्ये छवटाका सूचक बढेका छन् भने सातवटाका सूचक राताम्मे देखिएका छन्।
आज नन लाइफ इन्स्योरेन्सअन्तर्गतका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको समूहको सेयर मूल्य १२.७७ अंकले बढ्यो भने होटल एण्ड टुरिजम पनि १०.३७ अंकले बढेको छ।
आज पनि अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९.९९ अंकले बढ्यो। दोस्रोमा सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले नाफा कमाए। यसको सेयर मूल्य ९.९६ अंकले बढ्यो।
कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको २ करोड ७९ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो।