पोखरा— अवकासपछिको जीन्दगी कसरी विताउनु हुन्छ ? धेरैको उत्तर हुन्छ, नाति, नातिनी खेलाउने, तीर्थयात्रा गर्ने, घुमफिर गर्ने आराम गरेर घरमै बसिरहने । तर पोखरा महानगरपालिका २ घर भई कास्की क्षेत्र नं २ वाट प्रतिनिधि सभाका उम्मेदवार बनेका तारानाथ सुवेदी भने अवकास पछिको जीन्दगी झनै सक्रिय यात्रामा निस्किएका छन । सुवेदीको यो यात्राले आफु मात्रै सुखसयलमा विताउने नभएर सिंगो देश र देशवासीको लागि विकास र समृद्धिको यात्रामा लैजाने उदेश्य बोकेको छ ।
प्राकृतिक सुन्दरता र धार्मिक शक्तिपीठहरुले भरिभराउन नेपालमा भौतिक पूर्वाधारको विकास गर्दै धार्मिक पर्यटनको ढोका खोलेर देशलाई आर्थिक समृद्धितर्फ लैजान बुढ्यौली उमेरमा पनि सुवेदी तन्नेरी जोश र जाँगरका साथ चुनावी मैदानमा होमिएका छन । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको चुनावमा कास्की क्षेत्र नं २ वाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका सुवेदी दृढ ईच्छा शक्ति, इमान्दारिता र लगनशिलताका साथ काम गरेमा देशमा पर्यटनमार्फत सजिलै विकासको ढोका खोल्न सकिने विश्वास गर्दछन । नेपालको उतरी क्षेत्र मुस्ताङ्गको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रमुख गन्तव्य भएको वताउँदै सुवेदीले अवौं जनसंख्या रहेको भारतवाट र चीन, जापान, श्रीलंका लगायतका देशबाट बौद्ध धर्मालम्विहर ल्याउन सकेमा पर्यटनको क्षेत्रमा ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे । मुक्तिनाथसम्म पर्यटन लैजानका लागि मुक्तिनाथदेखि कास्कीको लाहाचोकसम्म सुरुङ्ख रेलमार्ग बनाउनु पर्ने सुवेदीको भनाई छ । अहिले मुक्तिनाथसम्म जाने मोटरवाट कच्ची, लामो र ठाउँ ठाउँमा खतरायुक्त भएको तथा हवाई जहाज मार्ग पनि भरपर्दो नभएकोले जति धार्मिक पर्यटक आउनु पर्ने हो आउन नसकेका सुवेदीको ठम्याई छ । सुवेदीले अबौं रुपयाँमा ल्हासादेखि काठमाडौसम्म रेलमार्गको कुरा योजना गर्न सकिने, रक्सौलदेखि काठमाडौंसम्म पनि रेलमार्ग बनाउन सकिन्छ भने मुक्तिनाथदेखि कास्कीको लाहाचोक सम्म पनि करिव २० किलोमिटर लामो सुरुङ्गमार्गमार्फत रेल संचालन गर्न सकिने वताए । नेपालका पहरा फोरेर सुरुङ्गमार्ग बनाएर रेल चलाउन सकेमा पर्यटकलाई सुविधा र सुरक्षा दुवै हुने भएकोले सुवेदीले चुनावमा यसलाई मुख्य मुद्दाको रुपमा उठाएको वताए । सुवेदीको चुनाव चिन्ह माछा रहेको छ ।
दशकौं नेपालको उच्च पदमा रहेर सरकारी जागिर खाएर अवकास प्राप्त भएका सुवेदीले पर्यटनमार्फत नेपालमा विकास र समृद्धि ल्याउन नै आफुले स्वतन्त्र उम्मेदवारी दिएका वताए । स्वतन्त्र उम्मेदवारलाई कुनै दलले व्हीप लगाउन नसक्ने र स्वतन्त्र पूर्वक काम गर्न सक्ने भएकोले कास्की क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनिएर देशको विकास गर्नका लागि सवै मतदातालाई हार्दिक अपिल गरेका छन । आफुले चुनाव जितेमा ईमान्दारितापूर्वक काम गर्ने विश्वास पनि सुवेदीले दिलाएका छन ।
फेवातालमा चारैतिर सुन्दर आर्कषक टापुहरु बनाएर पर्यटकको आर्कषणको केन्द्र वनाउन सकिने भएकोले विशेष गुरुयोजनाको खाँचो रहेको सुवेदीको भनाई छ । फेवाताललाई संरक्षण गर्न त्यहाँ आउने बाढिलाई मोडेर फुस्रेखोलामा लैजानका लागि एकिकृत राष्टिय योजना बनाउनुपर्नेमा सुवेदीको जोड छ ।
देशमा वेरोजगारीको समाधान गर्न र युवा शक्तिलाई विदेश पलायनवाट रोक्नका लागि कृर्षि क्षेत्रमा भूमि सुधार र उपयोगमार्फत कृर्षि क्रान्ति ल्याउनुपर्ने सुवेदीको जोड छ । बृद्धबृद्धाहरुको स्याहार, सुसार र सम्मानका लागि हेरचाहको ग्यारेन्टी गर्दै मासिक ५० हजार रुपयाँ दिनुपर्ने सुवेदीको योजना छ ।
देशलाई भ्रष्टाचार, विकृति, विसंगती, सिण्डिकेट, नातावाद, कृपावादका कारण धरासायी बन्दै गएकोले चुस्त, दुरुस्त पारदर्शी सेवा दिनुपर्नेमा सुवेदीले जोड दिएका छन ।
विकासको सपना साकार पार्न अवकासपछि चुनावी मैदानमा तारानाथ सुवेदी
विकासको सपना साकार पार्न अवकासपछि चुनावी मैदानमा तारानाथ सुवेदी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु