पोखरा- दिपावली २०७९ को अवसरमा सूर्यचन्द्र विकास समाज, पोखरा ५ मालेपाटनद्धारा आयोजित वडास्तरिय तेस्रो मेन्स डवल जुनियर व्याडमिन्टन तथा मेन्स डवल सिनियर व्याडमिन्टन प्रतियोगिता शनिवारदेखि शुरु भएको छ ।
२६ समुह सहभागि प्रतियोगिताको उद्घाटन दिनमा ६ वटा प्रतिस्पर्धा सकिएका छन । प्रतियोगिताको उद्घाटन समारोहमा आयोजक समाजका अध्यक्ष कृष्ण बरालले खेलकुदमार्फत स्वस्थ्य, अनुशासित जीवन बनाउँदै स्थानीयस्तरमा रहेका क्षमतावान प्रतिभाको पहिचान र विकासको लागि व्याडमिन्टन प्रतियोगिता गरिएको वताए ।
अध्यक्ष बरालले खेलकुदको विकासको लागि राज्यको मात्रै भर नपरेर नागरिकहरु स्थानीयस्तरमा जुटेर सक्रियतापूर्वक खेलकुदको विकासमा सहभागि हुनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका निवर्तमान सांसद राजिव पहारी प्रमुख अतिथि रहेको प्रतियोगिताको उद्घाटन सत्रमा प्रतियोगिताका खेलाडीहरुसँगै स्थानीय खेलप्रेमि दशर्कहरु सहभागि थिए ।
कार्यक्रमका विशेष अतिथी एंव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राध्यापक डा. भरतवहादुर खत्रीले शारीरिक तथा मानसिक स्वास्थ्यको विकासका लागि खेलकुद अनिवार्य रहेको चर्चा गर्दै राज्य र नागरिक सवैले खेलकुदको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
आयोजक सूर्यचन्द्र विकास समााजका महासचिव सावित्री कोइरालाले प्रतियोगिता संचालन गर्नका लागि सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरिन ।
सुर्यचन्द्र बिकास समाजले नेपाल संवत, दिपावली, छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको वडा स्तरिय तेश्रो ब्याडमिन्टन प्रतियोगितामा २६ समूहका कुल ५२ जना प्रतियोगी सहभागि रहेका छन ।
आगामी ७ गतेसम्म संचालन हुने प्रतियोगितामा सहभागि दुवै समुहमा प्रथम हुनेलाई १२ हजार रुपयाँ नगद, ट्रफि र प्रमाणपत्र, दोस्रो हुनेलाई ८ हजार रुपयाँ, ट्रफि र प्रमाणपत्र र उत्कृष्ट हुनेलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेशस्तरिय र राष्ट्रियस्तरका खेलाडिलाई सहभागि गराईएको थिएन ।
सूर्यचन्द्र विकास समाजको वडास्तरिय व्याडमिन्टन प्रतियोगिता शुरु
सूर्यचन्द्र विकास समाजको वडास्तरिय व्याडमिन्टन प्रतियोगिता शुरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु