तनहुँ – सवारीसाधन प्रयोग गर्दा थोरै मात्रै असावधानी भएमा जीउज्यान जाने र अंगभंग हुने गर्दछ । सवारी साधन संचालन गर्दा हुने गरेका धेरैजसो दुर्घटनाहरु असावधानिकै नै प्रमुख कारक भएको पाइन्छ ।
मोटरसाईकलमा चढदा महिलाको साडी र सल चक्कामा वेरिएर दुर्घटना भएका घटनाहरु वेला वेलामा भईरहन्छ ।
तनहुँमा शनिवार मोटरसाइकलको चक्कामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका १, झापुटारमा मोटरसाइकलमा सवार २९ वर्षीया रेणु थापाको मोटरसाइकलको चक्कामा सल बेरिदाँ हात चुँडिएको हो ।
शनिबार व्यास नगरपालिका ५ पाटनबाट झापुटार आउँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा रेणुको सल बेरिएको थियो ।
दिदीको छोरासँग बाइकमा सवार उनको बायाँ हात कुहिनोभन्दा तलबाट चुँडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते थापाकी छोरी र चालक भने सकुशल छन्। मोटरसाइकलमा सवार थापा मात्रै बाइकबाट लडेकी थिइन् ।
घाइते थापाको दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
मोटरसाइकलको चक्कामा सल वेरिएर हात चुँडियो
मोटरसाइकलको चक्कामा सल वेरिएर हात चुँडियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु