मुगु -रारा विमानस्थलमा समयमा जहाज उडान नहुँदा एक बिरामीको विमानस्थलमै मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका– ५ ढुमगाउँका ५५ वर्षीय लोकबहादुर रोकायाको शनिबार एयरपोर्टमै मृत्यु भएको छ।
केही दिनअघि उनी लडेर घाँटीमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा भर्ना भएका र अस्पतालले उपचार गर्न नसकेर शुक्रबार नेपालगन्ज रेफर गरेपछि एयरपोर्ट पुर्याएरका रोकायाको जहाज समयमै नआउँदा मृत्यु भएको हो। जहाज नआउँदा रोकायाको एयरपोर्टमै मृत्यु भएको रारा विमानस्थल प्रमुख रोमन भट्टराईले बताए।
रारा विमानस्थलमा नेपालगन्जदेखि जहाज उडान कम हुन थालेपछि बिरामीको अकालमा ज्यान जान थालेको छ। रोकायाको घाँटीको घाउ जटिल देखिएकोले अस्पतालमा उपचार असम्भव देखिएपछि नेपालगन्ज रेफर गर्नुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य प्रमुख उमेश गौतमले जनाए।
समयमै जहाज नआउदा विरामीको विमानस्थलमै मृत्यु
समयमै जहाज नआउदा विरामीको विमानस्थलमै मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु