साओ पाउलो- ब्राजिलियन महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति मृत्यु भएको छ। लामोसमयदेखि क्यान्सरसँग जुधिरहेका पेलेलाई गत नोभेम्बरमा अस्तालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो।
विश्व फुटबलका सर्वकालिन महान् खेलाडी पेलेले २१ वर्षको करिअरमा १,३६३ खेल खेलेका थिए। उनले करिअरमा कीर्तिमानी १,२८१ गोलसमेत गरेका थिए। ब्राजिलबाट पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए।
फिफा विश्वकप तीन पटक जित्ने पेले एक मात्र खेलाडी हुन्। उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले विश्वकप जित्दा टिमका प्रमुख सदस्य थिए। सन् २००० मा पेलेलाई फिफाले शताब्दीकै उत्कृष्ट फुटबलर घोषित गरेको थियो।
पेले पछिल्लो समय मृगौला र प्रोस्टेटको समस्याबाट ग्रसित थिए। गत वर्षको सेप्टेम्बरमा पेटको ट्युमर फाल्न पेलेको शल्यक्रिया गरिएको थियो।
उनकी छोरी केली नाससिमेन्टोले पेलेको स्वास्थ्य अवस्थाबारे नियमित समर्थकलाई जानकारी दिइरहेकी थिइन्। बिहीबार राति केलीले सबै परिवारको हात एकै ठाउँ भएको तस्वीर सार्वजनिक गर्दै ‘हामी असीम माया गर्छौं, रेस्ट इन् पिस’लेखेकी छन्।
अस्पतालले पनि शरिरका धेरै अंकहरुले काम गर्न छाडेपछि मृत्यु भएको बताएको छ। जसको कारण पेटको क्यान्सर उल्लेख छ।
पेलेको सामाजिक सञ्जालमा लेखिएको छ, ‘प्रेरणा र प्रेमले भरिएको किङ्ग पेलेको यात्रा, जसको आज निधन भयो, लभ, लभ एन्ड लभ, फरेभर।’ ब्राजिलियन फुटबल संघले लेखेको छ, ‘पेले सर्वकालिन महान् खेल प्रतिभाभन्दा पनि धेरै थिए।’
‘हाम्रो फुटबलका राजा र विजयी ब्राजिलका आधार स्तम्भ पेले, जसले आफ्ना बुबालाई विश्वकप जित्ने प्रण गरेर हामीलाई तीन वटा विश्वकप दिए’ फुटबल संघले लेखेको छ, ‘किङ्ग पेलेले हामीलाई नयाँ ब्राजिल दिए, हामी उनको विरासतप्रति धन्य छौं। धन्यवाद पेले।’
पेलेको पूर्व क्लब सान्तोसले उनको अन्तिम संस्कारबारे सूचना दिएको छ। सोमबार अस्पतालबाट उनको पार्थिव शरिर क्लबको मैदान इस्टाडियो अर्बानो काल्डेइरामा राखिने छ। जहाँ पुगेर आम सर्वसाधारणले श्रद्धाञ्जली दिन सक्ने छन्।
मंगलबार पारिवारिक अन्त्येस्टिका लागि लगिने क्लबले बताएको छ। एड्सन आरान्तेस डो नाससिमेन्टो, जसलाई पेलेको नामले सुपरिचित गरायो, उनी १७ वर्षको उमेरमा ग्लोबल स्टार बनेका थिए।
पेलेले सन् १९५८ मा स्वीडेनमा भएको विश्वकप ब्राजिललाई जिताएका थिए। समूह चरणदेखि आफूलाई सुरुआती ११ तर्फ लम्काएका थिए। उनले त्यसबेला वेल्सविरुद्धको क्वार्टरफाइनलमा एक गोल गरेका थिए। यस्तै, सेमिफाइनलमा फ्रान्सविरुद्ध ह्याट्रिक गरेका थिए। फाइनलमा आयोजक स्वीडेनविरुद्ध ब्राजिलले गरेका पाँचमध्ये दुई गोल पेलेकै नाममा थियो।
उनले विश्वकपको दुई वर्षअघि १५ वर्षको उमेरमा साओ पाउलोमा डेब्यू गरेका थिए। त्यो खेलमा साओ पाउलोले कोरिथिएन्सलाई ७–१ ले पराजित गर्दा पेलेले पनि गोल गरेका थिए।
जुन साओ पाउलोका लागि १९ वर्षमा पेलेले गरेका ६४३ गोलमध्ये पहिलो थियो। यद्यपि, सान्तोषले भने एक हजारभन्दा धेरै गोल गरेको दाबी गर्दै आएको छ। ब्राजिलियन संघ र सान्तोष पेलेले १,३६७ खेलमा १,२८३ गोल गरेको दाबी गर्छन्। तर, फिफा भने १,३६६ खेलमा १,२८१ गोल गरेको दाबी गर्छ।
सन् १९६२ विश्वकपमा पेले २१ वर्षका थिए। उनले मेक्सिकोसँगको पहिलो खेलमा दुई उत्कृष्ट गोल गरेका थिए। त्यसपछि घाइते भएका पेलेले बेन्चमा बसेर आफ्नो टिमले विश्वकपको उपाधि रक्षा गरेको हेरेका थिए।
विश्वकपमा तेस्रो पटक उत्रिएका पेलेले १९७० मा झन् सनसनी मच्चाएका थिए। फाइनलमा इटालीलाई ४–१ गोलको नतिजामा पराजित गर्दा पेलेले पहिलो गोल गरेका थिए।
उनले न्यू योर्क कस्मसबाट खेलेर व्यावसायिक करिअर टुङ्ग्याए। जहाँ उनले जर्मन लिजेन्ड फ्रान्ज बेकेनबाउर र सन् १९७० मा विश्वकपमा जित्दाका अन्य साथीहरुसँग खेल्ने मौका पाए।
ब्राजिललाई तीनपटक विश्वकप जिताएका विश्वविख्यात खेलाडी पेलेले दुई वर्षअघि डिएगो म्याराडोनाको निधनपछि भनेका थिए( ुमैले एक महान् साथी गुमाएँ र विश्वले एक महान् हस्ती गुमायो। अहिलेलाई यति भन्न चाहन्छु, उनका परिवारलाई भगवानले सहने शक्ति दिऊन्। एकदिन हामी आकाशमा सँगै फुटबल खेल्ने छौं।ु
पेलेको मनोकामना साँच्चै पूरा हुन्छ भने अब उनी अर्जेन्टिनाका डियगो म्याराडोनासँग आकाशमा कतै फुटबल खेलिरहेका हुनेछन्
ब्राजिलको साउपउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा एक महिनादेखि उपचाररत पेलेको ८२ वर्ष उमेरमा बिहीबार राति निधन भएको छ। उनलाई क्यान्सर हुनुका साथै मिर्गौला र मुटुमा समेत असर देखिएको थियो।
पेले संसारकै यस्ता विरल व्यक्ति हुन्, जसको व्यक्तित्वले उनको जीवनकालमै तिलस्मी रूप लिएको थियो। हरेक देशका कुनाकाप्चासम्म उनको चर्चा मिथक पात्रजस्तै फैलिएको थियो। कहिल्यै पेलेको तस्बिर नदेखेका वा कहिल्यै उनको खेल नहेरेका व्यक्तिहरूका लागि पनि उनी निर्विवादित महान् खेलाडी थिए। कोही व्यक्ति कुनै क्षेत्रमा अब्बल छ भने उसलाई पेलेसँग दाँज्ने चलनसमेत छ। कुशल राजनीतिज्ञलाई ुराजनीतिको पेलेु भनिने त्यही भएर हो।
पेलेको जीवनबारे यस्ता यस्ता किस्सा फैलिएका छन्, जुन कति यथार्थ हो र कति कल्पना भन्ने नै कसैलाई थाहा छैन। यथार्थ र कल्पनाको मिसमासले बनेको पेलेको व्यक्तित्व यति उच्च छ, उनलाई फुटबल दुनियामा ुभगवानु भनेर पुकारिन्छ। कारण एउटै छ, पेलेले फुटबललाई विश्वभर चिनाए। फुटबलको परिभाषा नै बदले। आफ्नो जादुमयी खेल कौशलले संसारलाई मोहित पारे अनि विश्व फुटबलमा ब्राजिलको स्थान उच्च पारे।
आफ्नो करिअरमा पेलेले जति गोल गरे, त्यति गोल गर्ने अरू खेलाडी अहिलेसम्म निस्किएका छैनन्। तीनपटक विश्वकप ट्रफी उचाल्ने उनको कीर्तिमान पनि सय वर्ष पुग्न लागेको विश्वकप इतिहासमा अरू कसैले भेट्टाउन सकेका छैनन्।
फिफाका अनुसार २१ वर्षको आफ्नो करिअरमा पेलेले १ हजार ३ सय ६३ खेल खेल्दै १ हजार २ सय ८१ गोल गरेको विश्व रेकर्ड छ। ब्राजिल फुटबल महासंघ र ब्राजिलियन क्लब सान्तोस भने पेलेले १ हजार ३ सय ६७ खेलमा १ हजार २ सय ८३ गोल गरेको दाबी गर्छन्।
जति खेले खेले पनि र जति गोल गरे पनि पेलेले ब्राजिलियन फुटबलको नक्सा नै परिवर्तन गरिदिएकोमा भने कसैको दुईमत छैन। ब्राजिल विश्वभरि फुटबलकै कारण बढी चिनिन्छ। फुटबल भनेपछि हुरूक्कै हुने ब्राजिलमा दर्जनौं चर्चित खेलाडीको जन्म पनि भयो। यति हुँदाहुँदै पेलेको प्रवेशअघिसम्म ब्राजिलले कहिल्यै विश्वकप जित्न सकेको थिएन।विश्वकपका सुरूआती पाँच संस्करणमा उसले कहिल्यै उपाधि जितेन। त्यसैले पनि फुटबलमा ब्राजिलले जे हासिल गर्यो, त्यसमा पेलेको योगदानलाई कसैले नकार्न सक्दैन।
ब्राजिलले सन् १९५० को चौथौं विश्वकप आयोजना गर्दै घरेलु मैदानमै उपाधि उचाल्ने लक्ष्य लिएको थियो। उसले प्रतियोगिता भव्य बनाउन दुई लाख अट्ने रंगशालासमेत निर्माण गरेको थियो। तर फाइनलमा उरूग्वेसँग पराजित भएपछि ब्राजिलको उपाधि जित्ने सपना पूरा भएन। चार वर्षपछिको विश्वकपमा त ऊ अन्तिम आठबाटै बाहिरियो।
ब्राजिलले त्यसपछि १९५८ को विश्वकप जित्ने लक्ष्य लिएको थियो। त्यति बेला विश्वकप सुरू हुनु एक वर्षअघि १६ वर्षीय खेलाडीले ब्राजिलियन टिममा डेब्यू गर्दा टिम निकै उत्साहित थियो। सन् १९५७ जुन ७ मा अर्जेन्टिनाविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ती १६ वर्षीय खेलाडी नै पेले थिए।
पेलेले आफ्नो डेब्यू खेलमै गोल गरेर ब्राजिलियन फुटबलमा आशाको सञ्चार गराइदिएका थिए।
उक्त खेलपछि पेलेले मात्र होइन, ब्राजिलले पनि पछाडि फर्केर हेर्नुपरेन। उनले ब्राजिललाई विश्व च्याम्पियन बनाउँदै तहल्का मात्र मच्चाएनन्, शताब्दीकै महान् फुटबलरका रूपमा आफ्नो चिनारी पनि स्थापित गरे।
पेलेको वास्तविक नाम एड्सन अरान्ते दो नासिमेन्तो हो। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टोबर २३, १९४० मा भएको थियो।
गरिब परिवारमा जन्मिएका पेलेको बाल्यकाल अभावै अभावमा बित्यो। उनी नांगो खुट्टाले झुम्राको बल खेल्थे। सडकबाटै फुटबलको कला सिकेका थिए। उनी १६ वर्ष उमेरमै ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्ष उमेरमा विश्वकप खेल्ने संसारकै कान्छो खेलाडी बने।
सन् १९५८ को विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेले भनेर संसारभरि चिनिए ।
ब्राजिलियन ९पोर्चुगिज० भाषामा नांगो खुट्टाले खेल्नुलाई ुपेलेदासु भनिन्छ। उनको बाल्यकाल त्यसरी नै खेलेर बितेको थियो। पछि भने उनको नामसँग व्यक्तिगत परिचय मात्र होइन, आदर, माया र स्नेहसमेत गाँसिन पुग्यो। हुन पनि यो नामका पछाडि ती महान् खेलाडीको दुःख, कष्ट र दरिद्रताको कथा भरिएको छ । अनि भरिएको छ, उनको संकल्प र निरन्तर साधनाको प्रेरणादायी प्रसंग।
फुटबल, ब्राजिल र पेले एकअर्काका पर्याय हुन्। ब्राजिल र पेलेबिना आधुनिक फुटबलको चर्चा असम्भव छ। सन् १९५८ को विश्वकपमा पेलेलाई खेलाएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बनेको थियो। यो विश्वकपमा आफ्नो अद्भूत खेल देखाउँदै पेलेले ६ गोल गरेका थिए।उनले फ्रान्सविरूद्ध सेमिफाइनलमा ह्याट्रिक गरेपछि ब्राजिल ५–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा पनि उनले उत्कृष्ट खेल खेल्दै स्वीडेनविरूद्ध २ गोल गरे। उक्त खेलमा ब्राजिल ५–२ ले विजयी हुँदै पहिलोपटक विश्व च्याम्पियन बन्यो। यही विश्वकपदेखि पेले विश्व फुटबलमा चर्चित बन्दै कालान्तरमा ुफुटबलका जादुगरु कहलिए।
सन् १९६२ मा चिलीमा आयोजित सातौं संस्करणको विश्वकपमा पनि पेलेको फर्म उस्तै थियो। उनले समूह चरणमा मेक्सिकोविरूद्ध पहिलो खेलमा गोल गरे। अन्य खेलमा भने गोल गर्न सकेनन्। तर टिममा उनको प्रभाव पहिलेजस्तै थियो। फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जित्यो। १९६२ पछि कुनै पनि देशले लगातार दोस्रोपटक उपाधि जित्न सकेको छैन।
सन् १९६६ मा इंग्ल्यान्डमा भएको विश्वकपमा भने पेले र ब्राजिलियन टिमको प्रदर्शन राम्रो हुन सकेन। ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो। पेलेले भने बुल्गेरियाविरूद्ध गोल गरेका थिए।
सन् १९६६ मा बिर्सनलायक प्रदर्शन गरेको ब्राजिल १९७० लाई यादगार बनाउन चाहन्थ्यो। भयो पनि त्यस्तै। मेक्सिकोमा आयोजित विश्वकपको पहिलो खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई ४–१ गोलले हराउँदै सानदार सुरूआत गर्यो। पेले उक्त खेलमा गोल गर्न सफल भएका थिए।
समूह विजेता बनेको ब्राजिल क्वार्टरफाइनलमा पेरूलाई र सेमिफाइनलमा उरूग्वेलाई पराजित गर्दै फाइनलमा पुग्यो। फाइनलमा इटालीलाई ४–१ गोलले हराउँदै ब्राजिल तेस्रोपटक उपाधि जित्न सफल भयो।फाइनलमा पेलेले सुरूआती गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए। उक्त विश्वकपमा पेलेले ४ गोल गरे।
सन् १९५८, १९६२ र १९७० गरी तीनपटक विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी आजसम्मकै एक मात्र खेलाडी पेले हुन्। उनी दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए।
विश्वकपमा खेलेका १४ खेलमा पेलेले १२ गोलको अवसर निकालेका थिए। एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले। उनले ब्राजिलको जर्सी लगाएर खेलेका ९१ खेलमा ७७ गोल गरेका थिए।
पेलेको संन्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्यो, सन् १९९४ को विश्वकपसम्म। यसरी आफ्नो जादुमयी खेलका कारण विश्वभर प्रभाव जमाउन सफल पेलेसँग थुप्रै रमाइला किस्सा जोडिएका छन्।
सन् १९७० को विश्वकपमा इंग्ल्यान्डविरूद्ध पेलेको एउटा प्रहार यति शक्तिशाली थियो, त्यसलाई रोक्न खोज्दा इंग्ल्यान्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात नौ ठाउँमा भाँचिएको थियो।
पेले सन् १९६३ मा पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दै थिए। जर्मन खेलाडी शुल्जले उनलाई ुकभरु गरिरहेका थिए। प्रतिद्वन्द्वीले आँखा झिम्क्याउन नपाई निमेषभरमै गोल गर्न खप्पिस पेलेलाई उनले कति पो कभर गरिराख्न सक्थे र१ त्यति बेला शुल्जले थोरै मात्र असावधानी के देखाएका थिए, पेलेले २० गज टाढाबाट हानेको प्रहार सोझै गोलपोस्टभित्र छिर्यो। ुबल पेलेको खुट्टाबाट कति बेला बाहिर निस्क्यो भन्ने नै मैले देखिनँ,ु जर्मन गोलकिपर फहराइनले उक्त गोलप्रति टिप्पणी गर्दै भनेका थिए।
त्यस्तै सन् १९६१ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको खेलमा पेलेले नौ जना प्रतिद्वन्द्वीलाई छलाउँदै विपक्षी क्लबविरूद्ध चामत्कारिक गोल गरेका थिए।
पेलेले बल छलाउँदा प्रयोग गरेका धेरै शैली उनका मौलिक थिए। उनीभन्दा अगाडिका कुनै पनि खेलाडीले ती शैली प्रयोग गरेका थिएनन्। उनीपछिका धेरै खेलाडीले आज पनि पेलेकै शैली पछ्याउँदै आएका छन्। पेलेको बल छलाउने कतिपय शैली एंगोलाको मार्सल आर्टबाट प्रभावित रहेको भनाइ छ।
पेलेको आत्मकथा ुमाई लाइफ एन्ड द ब्युटिफुल गेमु सँग पनि अनौठो प्रसंग जोडिएको छ।
उक्त पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौं प्रशंसकको भिड जम्मा भइसकेको थियो। उनलाई हेर्न झुम्मिएका सबै जना पेलेका केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थे । ती प्रशंसकले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे। लुगा नपाउनेले उनको कारका पाटपुर्जासमेत बाँकी राखेनन्। त्यस दिन पेले ुलगभग नांगैु हिँडेर घर पुगेका थिए भन्ने भनाइ छ।
सन् १९६१ मा ब्राजिलियन क्लब सान्तोसबाट मैत्रीपूर्ण खेल खेल्दा पेले पेरूमा थिए। त्यहाँ पनि उनले असाधारण प्रदर्शन गर्दै मध्यान्तरअघि नै ४ गोल गरिसकेका थिए। त्यसपछि ुआजलाई पुग्योु भन्ने सोचेर उनी मध्यान्तरपछि मैदानमा प्रवेश गरेनन्। उनको स्थानमा अर्का खेलाडी गए। तर दर्शकले उनको अनुपस्थितिमा खेल हुन दिएनन्। अन्ततः रेफ्रीले बाध्य भएर दर्शकको विरोध शान्त पार्न र खेल अघि बढाउन पेलेलाई पुनः मैदानमा पठाउन अनुरोध गर्नुपर्यो।
मध्यान्तरपछिको खेल त्यति बेलासम्म सुरू भएन, जति बेलासम्म नुहाउन गएका पेले बाहिर आएर फुटबल पोसाकमा तयार भएर मैदानमा प्रवेश गरेनन्।
पेले यति लोकप्रिय थिए, उनलाई भेट्दा बेलायतकी महारानी एलिजाबेथले समेत आफ्नो मर्यादाक्रम भुलेकी थिइन्। इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टाभन्दा बढी प्रतीक्षा गरेका थिए।
राष्ट्रिय टिमबाट संन्यास लिएपछि पेले अमेरिकाको कसमस क्लबबाट खेल्न जाने क्रममा भारतको कोलकाता पुग्दा त्यहाँ ठूलै भिड जम्मा भएको थियो। उनलाई हेर्न र भेट्न मात्र हजारौं प्रशंसकले आधा रातभन्दा धेरै समय बिताएका थिए। त्यसका लागि प्रशंसकहरू कोलकाताको विमानस्थल र बाटोको दुवैतिर लामबद्ध भई घन्टौं उभिएका थिए।
फुटबलमा हात पात पारेको उपलब्धि र योगदानका कारण पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले पनि आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदूत नियुक्त गरेको छ। उनलाई ब्राजिल सरकारले राष्ट्रिय सम्पत्ति घोषणा गरेको छ। पेलेलाई आफ्नो खेल जीवनमा ुफुटबलको राजाु भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई शताब्दी(खेलाडी उपाधि दिएको छ।
गरिबहरूको सामाजिक अवस्था सुधार्ने नीतिप्रति उनले गरेका समर्थन निकै उल्लेख्य छन्। जब उनले एक हजार गोल गरे, त्यसलाई उनले ब्राजिलका गरिब बालबालिकाका निम्ति समर्पित गरे।
ुमानिस भन्छन्, पेलेको कुनै धर्म, कुनै राष्ट्रियता वा कुनै वर्ण छैन,ु पेलेले एकपटक आफ्नैबारे भनेका थिए, ुमलाई सर्वत्र स्वीकार गरिएको छ।ु
दुनियाका आँखामा उनी अहिले पनि फुटबल जादुगर हुन्, फुटबलको ुश्रीपेचबिनाका सम्राटु हुन्। विश्व फुटबलका हरेक ठूला आयोजनामा उनको उपस्थिति स्मरणीय र सम्मानित भयो। अघोषित रूपमै उनी विश्व फुटबलका सर्वस्वीकार्य आदर्श हुन्। त्यसैले उनलाई फुटबलको किम्बदन्ती मानिन्छ र भनिन्छ– पेले, महान् पेले।