नेपालगन्ज – भनेजति दाईजो दिन नसक्दा छोरीको हत्या गरिएको भन्दै बाँकेको राप्तीसोनारी गाउँपालिका ७ पिप्रहवाकी अफसरुल खानका आफन्तहरुले प्रर्दशनमा उत्रिएका छन ।
नेपालगन्जमा गत कात्र्तिक १६ गते अफसरुल खान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि आफन्तहरुले घटनाको छानवीन गर्न दवाव दिदै प्रर्दशन गर्दै आएका छन । खान काखमा रहेको ९ महिनाको छोरोलाई बाहिर राखेर आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उक्त घटनालाई लिएर पीडित परिवारको पक्षमा महिला अधिकार्मी सडकमा उत्रिएका छन् ।
उनीहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत पुगेर निष्पक्ष छानबिनको माग गरेका हुन् । प्रदर्शनमा सहभागी नेतृ बिन्दु चर्ती मगरले दाइजोको नाममा एउटी महिलामाथि निर्मम रुपमा हत्या गरिएको भन्दै प्रहरीले यसमा छानबिन गर्नुपर्ने बताइन् ।
छोरीको हत्या गरिएको र त्यसलाई प्रहरीले आत्महत्या भन्दै घटनाको अनुसन्धान नगरेको पीडित परिवारको आरोप छ । मृतकका बुवा मो. वाहव खानले प्रहरीले हत्याको मुद्दामा घटनाको अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
प्रहरीका अनुसार मेडिकल रिपोर्टमा आत्महत्या देखिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा पनि यो आत्महत्या भएको देखिएको बताइएको छ । यद्यपि प्रहरीले मृतकका पति र जेठाजुलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाएको बताइएको छ । पीडित पक्षले भने हत्या नै गरेको आरोप लगाउँदै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको छ ।
दाइजो नदिदा छोरीको हत्या गरिएको भन्दै माईतीहरु प्रदर्शनमा
दाइजो नदिदा छोरीको हत्या गरिएको भन्दै माईतीहरु प्रदर्शनमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु