काभ्रे – खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्रप्रसाद घिमिरेले आफ्नै कार्यालयको छतमा झुन्डिएको अवस्थामा फेला परेका छन ।
शुक्रबार बिहान पौने ११ बजेतिर धुलिखेलस्थित आफ्नै कार्यालयको छतमा झुन्डिएको अवस्थामा भेटिएका हुन । प्रहरीले घिमिरेले आत्महत्या गरेको आशंका गर्दै घटना वारे अनुसन्धान शुरु गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले कार्यालयको छतमा रहेको ट्रस्टको डन्डीमा झुन्डिएको अवस्थामा शव भेटिएको जानकारी दिए।
मृतक घिमिरे काठमाडौ मातातीर्थका स्थायी बासिन्दा भएका र उनको परिवार आइपुगेपछि मात्रै पोस्टमार्टमका लागि शव लैजाने प्रहरीको भनाई छ ।