काठमाडौं – अभिभावककै सहमतिमा गरिएको इन्गेजमेन्ट तोडेर केटापक्ष बिबाहवाट पन्छिएपछि युवतीले आफैलाई जलाएर आत्महत्या गरेकी छिन ।
काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो थिईन । शरीर जलेर गम्भिर घाईते बनेकी उनलाई प्रहरीले प्रहरीले तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल लगेपनि त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। सोमबार बिहान पुष्पाको मृत्यु भएको हो।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो। यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार इन्गेजमेन्ट रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन्। पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए। आइतबार राति नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तर अदालतले सुदनविरुद्ध मात्रै सोमबार म्याद दिएको छ। सुदनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न महाराजगन्ज वृत्त प्रहरीले अनुमति पाएको छ। वृत्तबाट थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले बताए।
इन्गेजमेन्ट तोडेपछि युवतीले केटाको घरमा आफैलाई जलाएर गरिन आत्महत्या
इन्गेजमेन्ट तोडेपछि युवतीले केटाको घरमा आफैलाई जलाएर गरिन आत्महत्या

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु