धरान – आफ्नो श्रीमानसँग नजिकिएको आरोप लगाउँदै महिलाहरु वटुलेर एकल महिलालाई निर्घात कुटेर ज्यान लिएको अभियोगमा प्रहरीले ५५ बर्षिया उर्मिला राईसहित चार जना महिलालाई पक्राउ गरेको छ ।
मुख्य अभियुक्त उर्मिलासहितको समुहले धरान–१३ स्थित धार्मिक मार्गमा डेरा गरी बस्ने ४२ वर्षीया एकल महिला उषा राईलाई कुटपिट निर्घात कुटपीट गरेर ज्यान लिएका प्रहरीले जनाएको छ ।
कुटपिटपछि २८ र ८ वर्षीया छोरीका आमा उषाको मंसिर १३ गते उपचारकै क्रममा मृत्यु भएपछि उनका भाइ सुन्दरले जाहेरी दिएपछि चार जना महिला पक्राउ परेका हुन ।
हत्यामा संलग्न अन्यको खोजी भइरहेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठले वताए ।
उर्मिलाले आफ्नो श्रीमान गोविन्द राईसँग उषा नजिकिएको भन्दै महिलाको समूह बटुलेर गत कात्तिक ३ गते कुटपिट गरेकी थिइन । उर्मिलालाई मंसिर १५ गते पक्राउ गरिएको र १० दिनको म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए ।
कुटपिटपछि घाइते भएकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरेर उपचार गर्दा गर्दै मृत्यु भएपछि कुटपिटमा संलग्न अन्य तीन महिलालाई पनि पक्राउ गरिएको हो । उनका अनुसार मंसिर १६ गते सोही वडा बस्ने २६ वर्षीया सुमित्रा राई र धरान–१७ बस्ने २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बूलाई मंसिर १८ गते पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । मृतक उषाले पतिको मृत्युपछि एउटा सिलाइ बुनाइको मेसिन किनेर दुई छोरीका साथ बाख्रापालन गर्दै सूर्यमार्गमा टेलर पसल सञ्चालन गरेर जीविका चलाउँदै आएकी थिइन् ।
प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता रहेको भन्दै जाहेरी परेकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तीन दिनअघि मात्र पोस्टमार्टम गरिए पनि रिपोर्ट भने आइसकेको छैन । पोस्टमार्टम रिपोर्ट आउन अझै एक साता लाग्ने बताइएको छ ।
एकल महिलालाई सामुहिक कुटपीट गरी ज्यान लिने चार महिला पक्राउ, अन्य फरार
एकल महिलालाई सामुहिक कुटपीट गरी ज्यान लिने चार महिला पक्राउ, अन्य फरार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु