पोखरा – मणिपाल शिक्षण अस्पताल पोखरामा विरामी छोरीलाई भेटन पुगेकी ६५ बर्षिया धनसरी घर्तीको तेस्रो तलावाट खसेर मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ घर भएकी धनसरी कसरी छतवाट खसिन भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बृद्धा धनसरीले आत्महत्या गर्नुपर्ने कुनै कारण नदेखिएको जनाएको छ ।
धनसरीकी छोरी पूर्णकुमारी मुटुरोग सम्वन्धि विरामी भएका कारण केहि दिनदिन मणिपालमा उपचार गराई रहेकी छिन । अस्पतालमा निर्माणको काम भइरहेको र सुरक्षाको लागि अस्पतालले ध्यान नदिएका कारण दुर्घटना भएर बृद्धाको ज्यान गएको भन्दै आफन्तले आरोप लगाएका छन ।
मणिपाल शिक्षण अस्पतालको तेस्रो तलावाट खसेर बृद्धाको मृत्यु
मणिपाल शिक्षण अस्पतालको तेस्रो तलावाट खसेर बृद्धाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु