पोखरा -युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार आरजू विष्ट सल्यानी पुरस्कृत भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरीले स्थापना र सञ्चालन गरेको रस्कारको राशि २० हजार नगद र ताम्रपत्र छ ।
शुक्रबार आयोजित वार्षिकोत्सव समाराहमा प्रमुख अतिथ पोखराका मेयर धनराज आचार्य र यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले नगदसहित सम्मानपत्र, खादा, माला लगाएर सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा। सुरेश पौडेल र पत्रकार बासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् । गीतकाररगजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् । यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।
सित्तैमा १ सय ३० शिविर सञ्चालन गरिसकेको यूआरएलले जनतालाई स्वास्थ्यबारे सचेत बनाउने पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको छ । अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक सन्दीप अर्यालले स्वागत र अर्थ निर्देशक गणेश कोइरालाले सञ्चालन गरेका थिए ।
युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार पत्रकार विष्टलाई
युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार पत्रकार विष्टलाई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु