पोखरा – न्याय, सुशाषन, र पारदर्शीताको लागि भ्रष्टाचार र विकृति विसंगती विरुद्ध कलम चलाउँदै आएका पोखराका पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित भएका छन् ।
सरकारी, ग्रैह् सरकारी र समाजमा व्याप्त विकृतिको शशक्त ढंगले भण्ढाफोर गर्दै आएका सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक बञ्जारालाई
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका प्रमुख पार्वती शर्मा, सुनास कास्कीका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले संयुक्त रुपमा नगद, दोसल्ला र सम्मान पत्रसहित पुरस्कार प्रदान गरेका हुन ।
सुनास कास्कीका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनोट समितिले बञ्जारालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक बञ्जारा पत्रकार महासंघ गण्डकीका सचिव एवं सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष छन् । पत्रकार बन्जाराले देशान्तर साप्ताहिकबाट पत्रकारिता शुरुवात गरेका थिए ।
स्व. ई.लेख बहादुर गुरुङले स्थापना गरेको अक्षयकोषबाट सुशासनका लागि नागरिक समाज कास्कीले यो पुरस्कार सञ्चालन गर्दै आएको छ । हरेक वर्ष ९ डिसेम्बर का दिन यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
पत्रकार यदुनाथ बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कार
पत्रकार यदुनाथ बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु