नेपाल कला र संस्कृतिको धनी देश हो जहाँ विभिन्न संस्कार र संस्कृतिका मानिसहरुको साझा बसोबास रहेको छ । हामी हाम्रो संस्कृतिलाई धेरै माया र सम्मान गर्दछौ । संस्कृति भनेको हामिले मनाउने रिति थिति कला धर्म चाडवाड पर्व मेला गित संगित र जात्रा उत्सव आदि सबै संस्कृतिको हिस्सा हुुन् । नेपाल विविधताहरुले भरिएको देश हो, जहाँ विभिन्न धर्म जाति र सम्प्रदायका मानिसहरु संग संगै मिलेर बस्दछन् । एकले अर्काको धर्म र संस्कृति प्रति उच्च सम्मान व्यक्त गर्दछन । विविधतामा एकता नै नेपाली संस्कृतिको आधारभत पहिचान हो । नेपालमा सवै भन्दा पुुरानो संस्कृति भए पनि नेपाली संस्कृतिको आफ्नै मौलिक मुुल्य मान्यता र परम्परा रहि आएको छ ।
पोखराको संस्कृतिक तथा ऐतिहासिक धरोहर श्री बाह्र भैरब नृत्य २०७९ यहि मंसिर १५ गते बाट पोखरामा प्रर्दशन भै रहेको छ । आज भन्दा ३०० वर्ष पुुरानो यस बाह्र भैरब नृत्य परा पूर्वक कालमा प्रत्येक १२/१२ वर्षको अन्तरालमा प्रर्दशन हुुने गथ्र्यो । १२ वर्षको लामो समय अवधिमा प्रर्दशन गर्दा यस नृत्य लोप हुुने सम्भावना अधिक रहयो । जसले गर्दा वि.स. २०२९ साल देखि श्री बाह्र भैरव संस्कृतिक संरक्षण समितिको गठन गरी त्यस अन्तर्गत भैरव नृत्य प्रर्शन व्यवस्थापना समितिले ६/६ वर्षको अन्तरालमा नृत्य प्रर्दशन गर्न थाल्यो ।
सामान्यता ः वेलुुकी पख सुुरु भएर मध्यरात सम्म प्रर्दशन गरिने यो नृत्यमा नेवारी भाषाका शास्त्रीय भजन र आरतीको प्रयोग गरिएको छ । वाध्वादनमा मृढङ्ग, ता, झ्याली, ढल्की र मुुहालीको प्रयोग गरेर सङ्गीत सृजना गरी यो नृत्य प्रस्तुुत गरिने गरिन्छ । नृत्य सुुरु हुुनुु भन्दा पहिले नर्तकहरु नुुहाएर चोखो वस्त्र पहिरीन्छन र नासो द्यो र भैरवलाई धुुप वालि आस्था पूर्वक श्री भैरव मन्दिर बाट ख्वाःपा (मुुकुुडो) लगाएर नृत्यको लागि तयारी अवस्थामा रहन्छन् । यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् ।
यसरी ६/६वर्षमा प्रदर्शन हुुने यस नृत्यमा गुुरु तथा नायो (मुुल पुुजारी) र भैरव संस्कृतिक संरक्षण समितिको संयुुत्त भेला भै शुुभ साईत निकाली नृत्य प्रर्दशनको लागि समय तय गरिन्छ । नाचको पहिलो दिन नासो द्यो । श्री भिमसेन देवताको सम्मानार्थ भिमसेन मन्दिर भिमसेन टोलमा प्रदर्शन हुुन्छ । दोस्रो दिन श्री गणेश मन्दिर, गणेश टोलमा तेस्रो दिन श्री सरस्वति मन्दिर, तेर्सापट्टि चौथो दिन श्री विन्दवासीनी मन्दिर, विन्दवासीनी र पाचाँै दिन श्री सिद्धि विनायक गणेश मन्दिर, भैरवटोलमा प्रदर्शन गरिन्छ । यसरी यहाँका यि पाँच देवालयमा नृत्य प्रदर्शन सकिए पछि भैरव नृत्यका श्रर्दय गुरुको सम्मानार्थ गुरुको घरमा नृत्य प्रर्दशन गर्ने प्रचलन रहि आएको छ । यसरी पाँच देवालय र गुरुका घरमा नाच प्रदर्शन गरि सके पछि यो नाचलाई व्यक्तिगत तथा सामुहिक रुपमा आफ्नो क्षेत्रमा प्रर्दशन गर्ने गरिन्छ । यो नृत्य प्रदर्शनले कुनै पनि अकिष्टबाट बाच्न सकिने जन विश्वास रहि आएको छ । विभिन्न व्यक्ति तथा तथा समुहले भैरब साँस्कृतिक संरक्षण समितिको नियम अनुसार आफ्नो घर तथा समुदायमा यो नाच लैजाने गर्दछन् ।
हरेक पटक नाच देखाउन वाद्यवादक, रागी, नर्तक, सुसारे, स्वंयम सेवक, पुजारी, गुरु गरी एक सय भन्दा बढि प्रत्यक्ष जनशक्ति एकै पटक परिचालित हुन्छन् भन्ने यस नाच निकाल्ने बेलामा १५० देखि २०० जना जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन् ।
नाच सुुरु गर्न एक–ढेड महिना पहिले नाट्यश्वरको पुुजा गरेर तालिम सञ्चालक गर्ने गरिन्छ । उक्त तालिम भैरव गणका बाह« (१२) जना नृृत्य गुुरु मार्फत अन्य नृत्य कलाकारहरुलाई तालिम दिइन्छ । यसरी तालिम दिने र तालिममा सरिक हुुने सम्पूर्णले नाट्यश्वर भगवानलाई किस्ली चढाएर मात्र उक्त तालिममा सहभागि हुुन पाउछन् ।

लेखक बिनय श्रेष्ठ बाह् भैरब नृत्यमा दागिनी, ख्वाःपा लल्हायको भूमिकामा ।
भैरब नाचमा बाह्र जना नर्तकहरुमा भैरब, काली, इन्द्रायणी र बराही, चार भैरब कुुमारी, विष्णुुवी, बम्हायणी र गगाजुु (महेश्वरी) चारदेवि
एक गणेश, एक दागिकी र दुुईजना भुुच्चा रकवाङ्ग गरि जम्मा १२ जना नृत्यमा नृत्यकार हुुन्छन् ।
यी भैरव गणका बाह्र पात्रहरु बिभिन्न शास्त्रीय गति सङ्गीत वाद्यवादनको तालमा आफ्नो नृत्य प्रस्तुुत गरेर दर्शकलाई मन्त्र मुुग्ध पार्छन् ।
उनीहरु आइपुुग्ना साथ नृत्य आमन्त्रण गरेका व्यक्ति वा समुुदायले भैरब र भैरबगणका पुुजा आजा, आराधना गर्ने प्रचलन छ । नृत्य स्थलमा जो कोहिले पनि विधिवत् रुपले भैरबगणको पुुजा र दर्शन गर्न पाउने छन्, तर सुुतक परेका जुुठो बारेका र रजश्वल भएका महिलाहरुलाई भने भैरव नृत्य स्थल र भैरव पुुजा, दर्शकमा बर्जित (बन्देज) गरिएको छ ।
पुुजा आजाका क्रममा पनि मधुुर वाद्यवादनमा भैरब गणहरु नाचि रहने गर्दछन् । नृत्य प्रदर्शन एक मनोरञ्जनात्मक कला भन्दापनि विशेष धार्मिक क्रियाकलापका रुपमा रहेको छ । उक्त क्षणमा नाच्ने वाह्र भैरव नृत्यलाई “गंछि प्याखँ” भनिन्छ ।
“गंछि प्याखँ” ले सम्पूर्ण भैरवगण नाचमा सहभागी छन् भन्ने अर्थ दिन्छ । पुुजा समाप्त भएपछि चरण चरण वद्ध रुपमा विभिन्न नृत्य सम्पन्न गरिन्छ ।
१. पहिलो चरणमा भैरब र दुुई बालकलाकार भुुच्चा र कवाङ्गको नृत्य हुुन्छ, जसलाई ज्योति नृत्य भनिन्छ।
२. दोस्रो चरणमा चार भैरबको नृत्य हुुन्छ जसमा भैरब, काली, इन्द्रायणी र वाराही हुुन्छन् । जुुन नृत्य वाह्र भैरवमा आकषर्ण नृत्यको रुपमा लिइने गरिन्छ ।
३. तेस्रो चरणमा चार देवीको नृत्य हुन्छ । जसमा कुुमारी, विष्णुुवी बम्हायणी र गंगाजुु (महेशवरी) ले दाहिने हातमा डमरु लिएक आकषर्ण नृत्य प्रस्तुत गर्दछन् ।
४. चौथो चरणमा श्री गणेश जीको एकल नृत्य रहेको हुुन्छ । जसमा गणेशले दाहिने हातमा सानो बञ्चरो
लिएर आकर्षक नृत्य प्रस्तुुत गर्छन् ।
५. पाचौँ चरणमा दुुई बाल कलाकार भुुच्चा र कबाङको नृत्य हुुन्छ, भने अन्तिम चरणमा दागिनीको एकल नृत्य रहेको हुुन्छ । दागिनीले एक हातमा चिराग र अर्को हातमा कलः (पुुजा सामाग्री राख्ने भाडा) लिएर नृत्य गर्दछन् ।
यसरी विभिन्न चरणको नृत्य समपन्न भएपछि पुुनः १२ जना भैरव गणको नृत्य हुुन्छ जसलाई “देवगण” पनि भनिन्छ । सामान्यतया ५÷६ घण्टाको यस नृत्यमा शास्त्रीय सङ्गीतको सङ्गीत, गायन र वाद्ययवादकको ढाचा पनि फरक फरक हुने गर्दछ ।
नेपालको काठमाडांै, ललितपुर र भक्तपुर लगायतका स्थानमा हुने भैरव नृत्य र पोखरको भैरव नृत्य भिन्न–भिन्न किसिमका रहेका छन् । आफ्नै विशिष्ट मौलिकता रहेको यो नृत्यको निरन्तरताका लागि सम्पूर्ण पोखरेली समुदायको सकरात्मक सहयोगको अपरिहार्य छ ।
अन्तमा संस्कृति हामि सबै नेपालिको साझा पहिचान हो र यसलाई हामि सबै मिलि जोगाई राख्नु हाम्रो साझा कर्तव्य हो । हामिले हाम्रो कला र संस्कृतिलाई विर्सनु हुदैँन ।
-जय भैरव ।।

लेखक बिनय श्रेष्ठ बाह् भैरब नृत्यमा दागिनी, ख्वाःपा लल्हायको भूमिकामा सहभागि हुँदै आएका छन ।