२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

चट्याङबाट जोगिने उपायहरु

चट्याङबाट जोगिने उपायहरु

शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका धेरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ। विभागका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोसी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बागमती, मधेसलगायत कोसी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
    यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 
    यसैबिच चट्याङका कारण कहिलेकाहीँ ज्यानै जाने जोखिम पनि हुन्छ। 

    त्यसो भए कसरी बच्ने?
    यस विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो जानकारी दिएको छ। 
    चट्याङ परिरहेका बेला घरबाहिर हुँदा

    के गर्ने?
    आकाशमा बिजुली चम्किन थालेर गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने। नजिकै कुनै घर संरचना भए भित्र गइहाल्ने।

    सुरक्षित ओत नभेटे टाउको दुवै घुँडाको बिचमा राखेर दुवै हातले खुट्टा समाउने र खुट्टाको पन्जाले भुइँमा टेकेर दुवै कुर्कुच्चा जोडेर टुक्रुक्क बसी निहुरेर शरीरलाई जतिसक्दो सानो बनाई कान थुनेर बस्ने।
    समूहमा भए सबैजना छुट्टिएर टाढा(टाढा बस्ने। यसो गर्दा धेरैजना हताहत हुनबाट जोगिन सकिन्छ।
    खुला क्षेत्र वा जंगलमा भए सम्भव भएसम्म होचो स्थान वा खोचमा गएर बस्ने।
    के नगर्ने?
    रुख वा बिजुली र फोनका पोलमुनि वा टावरनजिक नबस्ने।
    छाता नओढ्ने। खेतबारीमा काम गरिरहेको भए बन्द गर्ने।
    खोला, पोखरी वा स्विमिङ पुलमा भए तुरुन्त बाहिर निस्किने। माछा मार्ने कार्य तथा ऱ्याफ्टिङ नगर्ने।
    बिजुली र फोनको अग्लो खम्बा, अग्लो भवन, ठुलो रुख नजिक नबस्ने।
    साइकल वा मोटरसाइकलमा भए तुरुन्त छेउ लगाई उत्रने। धातुको कुनै पनि वस्तु, सवारीसाधन उपकरण नछुने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend