२०८३, कार्तिक २६ गते

समय लोड हुँदैछ...

पाल्पामा बाढीले बगाउँदा दुई युवकको मृत्यु

पाल्पामा बाढीले बगाउँदा दुई युवकको मृत्यु

आवर अल न्यूज
बिहिवार, भाद्र १८ २०८३
आवर अल न्यूज
बिहिवार, भाद्र १८ २०८३
  • पाल्पा- पाल्पामा बाढीले बगाउँदा दुई युवकको मृत्यु भएको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय प्रविन पुनको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    प्रहरीका अनुसार उनीहरू भदौ १५ गते बेलुकीदेखि बेपत्ता थिए। खोजी गर्ने क्रममा बुधबार दिउँसो उनीहरूको शव स्थानीय कञ्चन खोलामा फेला परेको हो।

    उनीहरू सवार लु.२१ प ९८७६ नम्बरको मोटरसाइकलसमेत खोलामा क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend