२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

“विश्व च्याम्पियनलाई नै नकआउट गरे ‘हिमालयन चितुवा’ अविरलले”

“विश्व च्याम्पियनलाई नै नकआउट गरे ‘हिमालयन चितुवा’ अविरलले”

बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • विश्व च्याम्पियनलाई नकआउट गर्दै अविरल घिमिरेको ऐतिहासिक जित

    ‘हिमालयन चितुवा’ले फ्रान्सेली बक्सर माथन चोइनार्डलाई दोस्रो राउण्डमै हराए

    काठमाडौँ- नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा आयोजित अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा विश्व च्याम्पियनलाई नकआउट गर्दै ऐतिहासिक जित हात पारेका छन्।

    जापानको नागोया सहरस्थित करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९’ को मेन इभेन्टमा घिमिरेले फ्रान्सका बक्सर माथन चोइनार्डलाई दोस्रो राउण्डमै नकआउट गरेका हुन्।

    सन् २०२५ का विश्व च्याम्पियन चोइनार्डविरुद्ध घिमिरेले दोस्रो राउण्डको दोस्रो मिनेटमा शक्तिशाली मुक्का प्रहार गर्दै नकआउट जित दर्ता गराए।

    योसँगै अन्तर्राष्ट्रिय किक बक्सिङमा घिमिरेले आफ्नो प्रभाव अझ बलियो बनाएका छन्।

    घिमिरेले हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्। तीमध्ये २१ खेलमा जित हात पारेका उनले २० खेल नकआउटमार्फत जितेका छन्।

    ‘हिमालयन चितुवा’का नामले परिचित घिमिरेले किक बक्सिङमार्फत नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्दै आएका छन्।

    ऐतिहासिक जितपछि घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

    उनले आफ्नो खेल यात्रामा निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend