२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

ओली पक्राउ विरोधमा एमालेको प्रर्दशन

ओली पक्राउ विरोधमा एमालेको प्रर्दशन

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको भोलिपल्ट जेनजी आन्दोलनमा भएको मानवीय क्षतिका लागि जिम्मेवार भएको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखक पक्राउ गरिएपछि एमाले कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।
    शनिबार बिहानै ओली र लेखक पक्राउ परेपछि एमाले सडक संघर्षमा उत्रिएको छ । अरु प्रतिपक्षी दल कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीको औपचारिक धारणा आएको छैन । भदौ २३ मा भएको जेन(जी आन्दोलनमा भएको प्रहरी दमनबाट युवा मारिनुमा तत्कालीन सरकार जिम्मेवार रहेको कांग्रेसको नयाँ नेतृत्व र नेकपाले औपचारिक रुपमा बताइसकेको छ ।
    कांग्रेस सभापति गगन थापाले भदौ २३ को घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने बताउँदै आएका छन् । नेकपा संयोजक पुष्पकमल दाहालले जेन(जी आन्दोलनका क्रममा भएको मानवीय क्षति र भदौ २४ मा भएको सरकारी संरचनामाथि भएको क्षतिबारे छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै आएका थिए ।  
    प्रधानमन्त्री बालेन्द्र शाह सरकारले भदौ २३ र २४ मा भएका घटनाको जाँचबुझ गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको थियो । त्यही निर्णयमा टेकेर प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।
    राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले सरकार जेन(जी आन्दोलनमा भएको मानवीय क्षति हुनुमा तत्कालीन सरकार जिम्मेवार भएको आयोगको प्रतिवेदन कार्यान्वयनको दिशामा अघि बढेको बताए ।
    सरकारले नयाँ किसिमले फायर खोलेको छ । मारिएका जेन(जीको पक्षमा न्यायको हिसाबले कानुनी लडाइँ सुरु गरेको छ । ढिलोचाँडो यो प्रक्रिया सुरु हुनु नै थियो स् कृष्ण पोखरेल, राजनीतिशास्त्रका प्राध्यापक‘सरकारले नयाँ किसिमले फायर खोलेको छ । मारिएका जेन(जीको पक्षमा न्यायको हिसाबले कानुनी लडाइँ सुरु गरेको छ । ढिलोचाँडो यो प्रक्रिया सुरु हुनुनै थियो,’ उनले भने, ‘ओली र लेखकलाई पक्राउ गर्नु यो समय उपयुक्त थियो कि थिएन रु विवाद हुन सक्छ ।’
    आयोगले दिएको प्रतिवेदनमा त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्रीबाट ‘क्रिमिनल नेग्लिजेन्सी’ भनेकाले सरकार छानबिनको बाटोमा अघि बढेको उनले बताए । ‘प्रश्न पहिला छानबिन गरेर पक्राउ गर्ने कि पक्राउ गरेर छानबिन गर्ने रु भन्ने प्रश्न हो,’ उनले भने, ‘यो विषय अदालतबाट निरुपण होला । तर, सरकार सामु कार्की आयोगको सिफारिसमा छानबिन गर्नुपर्ने मुख्य जिम्मेवारी थियो ।’
    बालेन्द्र सरकार जेन(जी आन्दोलनबारे जाँचबुझ गर्न बनेको आयोग आयोगको प्रतिवेदन कार्यान्वयनसँगै जनअपेक्षा अनुसार सुशासन र चुस्त सरकारी सेवा दिने बाटोमा अघि बढ्नुपर्ने उनले बताए । ‘सरकार यी एउटै घटनामा अलमलियो भने बाटो बिराउने जोखिम हुन्छ । यो एउटा पाटो मात्र हो, सेवा प्रवाहको काम तीव्र रुपमा अघि बढायो भने सामान्य प्रक्रिया हो,’ उनले भने, ‘अब सरकारले यो कामसँगै सरकारले दिने डेलिभरी दिने काम पनि गर्नुपर्छ । त्यो गर्‍यो भने सरकारले नागरिकप्रतिको दायित्व पूरा हुन जान्छ ।’
    ओलीलाई पक्राउ गर्नुलाई राजनीतिक पूर्वाग्रहका रुपमा लिने, नलिनेबारे दुई पक्ष भएको उनको भनाइ छ ।
    पूर्वराजदूत एवं विश्लेषक नीलाम्बर आचार्यले सरकारको कामको सुरुवात विपक्षीमाथि प्रतिशोधबाट भएको टिप्पणी गरे । ‘सरकार कानुनी प्रक्रियाभन्दा हठतिर गएको देखियो । विपक्षीमाथि प्रतिशोध भयो,’ उनले भने, ‘बहुमतको सरकारले देशलाई एकताबद्ध बनाएर अघि जानुपर्ने थियो ।’
    सरकार कानुनी प्रक्रियाभन्दा हठतिर गएको देखियो । विपक्षीमाथि प्रतिशोधतिर भयो । बहुमतको सरकारले देशलाई एकताबद्ध बनाएर अघि जानुपर्ने थियो स् नीलाम्बर आचार्य, पूर्वराजदूत, विश्लेषकउनले ओली र लेखकलाई न्यायिक निकायलाई जिम्मा दिएर छानबिन गर्नु उपयुक्त हुने बताए । ‘कानुनी प्रक्रिया अनुसार अघि बढाउने गरी जिम्मा दिनु पर्थ्यो,’ उनले भने, ‘बहुमतको सरकारले अहम् प्रदर्शन गर्नु राम्रो भएन । सरकारले कानुनी प्रक्रिया अपनाएको देखिएन । यो मुद्दा कानुनी प्रक्रियाबाट अघि बढाएको भए त्यहीबाट निरुपण हुन्थ्यो ।’ सरकारले ठूलो जनादेश पाइसकेपछि मुलुक निर्माणतिर ध्यान दिनुपर्ने बेला भएको बताए ।
    ‘सरकार बनेको अर्को दिन पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई धरपकड गरी मुलुक निर्माण गर्नेतिर गयो कि अरु क्षेत्रतिर गयो ? प्रश्न उठ्न थालिसक्यो नि,’ उनले भने ।

    एमाले कानुनी लडाइँ र सडक संघर्ष सँगसँगै
    एमालेले अध्यक्ष ओली पक्राउविरुद्ध कानुनी लडाइँ र सडक संघर्ष सँगसँगै लैजाने भएको छ ।
    ओली र लेखक पक्राउ परेको सम्बन्धमा निर्णय गर्न बसेको सचिवालय बैठकले राजनीतिक र कानुनी रुपमा घटनाको प्रतिवाद गर्ने निर्णय गरेको छ । उसले ओलीको रिहाइका लागि दबाब र कानुनी प्रक्रियाबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।
    एमाले सचिव राजन भट्टराईले ओलीको पक्राउविरुद्ध मुख्यगरी कानुनी प्रक्रियाबाट लड्ने बताए ।
    ‘हामी मुख्यगरी कानुनी प्रक्रियाबाट लडाइँ लड्छौं । त्यसका साथै हामी सडक र सदनबाट दबाब दिन्छौं,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend