२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

सहकारी सम्बन्धी अध्यादेश जारी

सहकारी सम्बन्धी अध्यादेश जारी

बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । बिहीबार (वैशाख १७) उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
    नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा उनले अध्यादेश जारी गरेका हुन् । गएको सोमबार (वैशाख १४) बसेको मन्त्रिपरिषद्को बैठकबाट यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो । मंगलबार ९वैशाख १५० राष्ट्रपतिको कार्यालयमा अध्यादेश पुर्‍याइएको थियो ।
    बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन, इजाजतपत्र अनिवार्य र समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्नेलगायत विषय यो अध्यादेशमा समेटिएको छ ।
    अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र दुवै सदनबाट पारित गर्नुपर्ने प्रावधान छ । अन्यथा स्वतः निष्क्रिय हुनेछ । सरकारले आह्वान गरिएको संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको हो । सरकारले योसहित ६ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend