२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

रवि लामिछाने पुनः रास्वपा सभापतिमा निर्विरोध

रवि लामिछाने पुनः रास्वपा सभापतिमा निर्विरोध

आवर अल न्यूज
बुधवार, आषाढ १० २०८३
आवर अल न्यूज
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पार्टी सभापति पदमा रवि लामिछाने पुनः निर्विरोध निर्वाचित भएका छन्। सभापति पदका लागि उनको मात्रै उम्मेदवारी परेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

    चितवनको भरतपुरमा जारी महाधिवेशनमा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह को प्रस्तावमा लामिछानेले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए। अन्य कुनै उम्मेदवार नउठेपछि उनी पुनः नेतृत्वमा चयन भएका हुन्।

    निर्वाचन परिणाम सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत पार्टीलाई शुभकामना व्यक्त गरेका छन्। उनले आफू र रविको स्केच चित्रसहित रोमन लिपिमा “शुभकामना हाम्रो पार्टीलाई। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।” लेख्दै शुभेच्छा दिएका छन्।

    रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था छैन। बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि भने निर्वाचन प्रक्रिया जारी रहेको छ।

    निर्वाचन आयोगका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend