२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

थमन विक हत्या प्रकरण :

उच्च अदालतको फैसला, पूर्वसांसद लक्ष्मी महतो कोइरीसहित केहीलाई पाँच वर्ष कैद

उच्च अदालतको फैसला, पूर्वसांसद लक्ष्मी महतो कोइरीसहित केहीलाई पाँच वर्ष कैद

बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • जनकपुरधाम- सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले महोत्तरी जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्ट्याएको छ।

    बुधबार न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतले सफाइ दिएका नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई दोषी ठहर गर्दै पाँच–पाँच वर्ष कैद सजाय सुनाएको हो।

    यस्तै, जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका मधेस प्रदेशका निलम्बित सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे, धर्मेन्द्र राय र रामशंकर मिश्रको सजाय घटाएर पाँच वर्ष कैद कायम गरिएको छ।

    उच्च अदालतले प्रदीप माझी, संजयकुमार साह र मोहन ठाकुरलाई भने जिल्ला अदालतको फैसला सदर गर्दै उनीहरूलाई सुनाइएको जन्मकैदको सजाय यथावत् राखेको छ।

    यो घटना २०७२ असोज २५ गते मधेस आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित संसारीमाई हटिया बजार क्षेत्रमा भएको थियो। अभियोगअनुसार प्रदर्शनका क्रममा असई थमन विकमाथि प्रदीप माझी, संजयकुमार साहलगायतले बाँस, भाटा तथा अन्य सामग्री प्रयोग गरी सामूहिक रूपमा कुटपिट गरेका थिए, जसबाट उनी गम्भीर घाइते भएका थिए।

    जलेश्वरस्थित महोत्तरी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई एम्बुलेन्समार्फत जनकपुर ल्याउने क्रममा बाटोमै मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेन्द्र पाण्डे, अभिराम शर्मालगायतले आक्रमण गरी हत्या गरेको अभियोग थियो।

    यस प्रकरणमा उच्च अदालतले जिल्ला अदालतको फैसला केही हदसम्म संशोधन गर्दै केही अभियुक्तलाई दोषी ठहर गरेको तथा केहीको सजाय घटाएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend