२०८३, कार्तिक २७ गते

समय लोड हुँदैछ...

बेल्जियममा १० तले अपार्टमेन्टमा भीषण आगलागी

धेरैको मृत्यु, उद्धार कार्य जारी

धेरैको मृत्यु, उद्धार कार्य जारी

बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • ब्रसेल्स - बेल्जियमको एन्टवर्प शहरस्थित एक १० तले अपार्टमेन्ट भवनमा भीषण आगलागी हुँदा धेरै जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।

    एन्टवर्प प्रहरीले बुधबार दिएको जानकारीअनुसार लिङ्करोभर क्षेत्रमा रहेको उक्त अपार्टमेन्ट भवनको आठौँ तल्लाबाट आगलागी सुरु भएको थियो। भवनमा दुई सयभन्दा बढी मानिस बसोबास गर्दै आएका थिए।

    आगलागीपछि सुरक्षाकर्मीले भवन खाली गराउने अभियान सञ्चालन गरिरहेका छन्। आगोबाट निस्किएको बाक्लो धुवाँका कारण आसपासका बासिन्दालाई झ्याल–ढोका बन्द राख्न तथा आवश्यक परे भेन्टिलेसन प्रणालीसमेत बन्द गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार आगलागी तीव्र रूपमा फैलिएकाले त्यसलाई नियन्त्रणमा लिन अग्निनियन्त्रकलाई कठिनाइ भइरहेको छ। घटनास्थलमा विशेष ड्रोन टोलीसहित अग्निनियन्त्रक, प्रहरी तथा उद्धारकर्मी परिचालन गरिएको छ।

    अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेका छन्। यद्यपि, मृतक र घाइतेको यकिन संख्या तथा उनीहरूको पहिचान तत्काल सार्वजनिक गरिएको छैन।

    उद्धार तथा आगो नियन्त्रणको काम जारी रहेकाले क्षतिको पूर्ण विवरण पछि सार्वजनिक गरिने बेल्जियमका अधिकारीहरूले जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend