२०८३, कार्तिक २७ गते

समय लोड हुँदैछ...

सिंहदरबार घेराउ गर्न मिटरब्याज पीडितको जनकपुर–काठमाडौँ ‘पैदल न्याय मार्च’ सुरु

सिंहदरबार घेराउ गर्न मिटरब्याज पीडितको जनकपुर–काठमाडौँ ‘पैदल न्याय मार्च’ सुरु

बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • जनकपुरधाम- मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौँसम्म ‘पैदल न्याय मार्च’ सुरु गरेका छन्।

    मिटरब्याज विरुद्धको किसान मजदूर आन्दोलनको नेतृत्वमा जनकपुरधामस्थित तिरहुतिया गाछीबाट सुरु भएको मार्चमार्फत साहु–महाजनको शोषण, फर्जी तमसुक तथा नक्कली लिखतका आधारमा किसानको जग्गा हडप्ने कार्यको अन्त्य गर्न माग गरिएको छ।

    मार्चको उद्घाटन गर्दै आन्दोलनका अध्यक्ष अवधेश कुशवाहले फर्जी कागजातको सहारामा अदालती प्रक्रियासमेत प्रयोग गरी किसानलाई भूमिहीन बनाउने कार्य भइरहेको आरोप लगाए। यस्ता गतिविधिविरुद्ध न्यायको खोजीमा पुनः काठमाडौँसम्मको यात्रा सुरु गरिएको उनले बताए।

    अभियन्ता निर्ग नवीनले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नगरेको आरोप लगाए। सरकारले पीडितका मागप्रति कुनै चासो नदेखाएकाले पुनः आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ।

    उनका अनुसार यसपटकको ‘पैदल न्याय मार्च’ काठमाडौँ पुगेर सिंहदरबार घेराउ गर्ने र सरकारसमक्ष आफ्ना माग तथा पीडा प्रत्यक्ष रूपमा राख्ने लक्ष्यसहित आयोजना गरिएको हो।

    मार्च सुरु गर्नुअघि पीडितहरूले जनकपुरधाममा मशाल जुलुस प्रदर्शन गरेका थिए। उनीहरूले फर्जी तमसुकको प्रतीकात्मक दहन गर्दै आन्दोलनको औपचारिक घोषणा गरेका हुन्।

    पीडितहरूले साहु–महाजनको शोषणबाट मुक्ति, फर्जी तमसुक खारेज तथा न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। यसअघि पनि उनीहरूले यही मागसहित दुई पटक जनकपुरदेखि काठमाडौँसम्म पैदल यात्रा गरिसकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend