२०८३, कार्तिक २७ गते

समय लोड हुँदैछ...

राहदानी विभागअघि आत्मदाह प्रयास गरेका गणेश नेपालीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

राहदानी विभागअघि आत्मदाह प्रयास गरेका गणेश नेपालीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं- राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै मुगुवासीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

    मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग परिसरअगाडि आत्मदाहको प्रयास गरेका थिए। उक्त घटनापछि उनको न्यायको माग गर्दै शुक्रबार साँझ स्थानीयवासी तथा समर्थकहरू राहदानी विभागअगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन्।

    प्रदर्शनकारीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्याय दिन माग गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले नाराबाजीसमेत गरेका थिए।

    प्रदर्शनमा मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खडकबहादुर शाहीको पनि सहभागिता रहेको थियो।

    आत्मदाह प्रयासको घटनापछि गणेश नेपालीको उपचार भइरहेको छ। घटनाको कारण र सम्बन्धित विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend