२०८३, कार्तिक २७ गते

समय लोड हुँदैछ...

गणेश नेपाली आत्मदाह प्रकरण: डिआइजीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन

गणेश नेपाली आत्मदाह प्रकरण: डिआइजीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन

शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं– राहदानी विभाग अगाडि भएको गणेश नेपालीको आत्मदाह प्रयासको घटनाबारे सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले डिआइजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

    घटनासम्बन्धी छानबिन तथा सोधपुछका लागि काठमाडौं महानगर प्रहरीका तीन जना प्रहरीलाई नियन्त्रणमा लिइएको पनि उनले बताए।

    संसदमा बोल्दै गृहमन्त्री गुरुङ सांसदहरूप्रति आक्रोशित देखिए। उनले घटनापछि सरकारको आलोचना गर्ने सांसदहरूलाई लक्षित गर्दै, "घाँटी चिच्याई–चिच्याई बोल्ने सांसदहरूमध्ये कतिजना वीर अस्पताल पुग्नुभयो?" भन्दै प्रश्न गरे।

    सरकारले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend