२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

फिफा विश्वकप २०२६ :

शीर्ष चार वरीयताकै टोली सेमिफाइनलमा, फ्रान्स–स्पेन र अर्जेन्टिना–इंग्ल्यान्ड भिड्ने

शीर्ष चार वरीयताकै टोली सेमिफाइनलमा, फ्रान्स–स्पेन र अर्जेन्टिना–इंग्ल्यान्ड भिड्ने

आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं - फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। विश्व वरीयताका शीर्ष चार टोली—फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड—अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।

    ताजा फिफा विश्व वरीयताअनुसार फ्रान्स दुई स्थान सुधार गर्दै १,९४८.९७ अंकसहित शीर्ष स्थानमा पुगेको छ। अर्जेन्टिना १,९४३.४७ अंकसहित दोस्रो, स्पेन १,९३४.७९ अंकसहित तेस्रो तथा इंग्ल्यान्ड १,८८९.४२ अंकसहित चौथो स्थानमा छन्।

    क्वार्टरफाइनलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो। अब फ्रान्सले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो र उसले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।

    यी दुई सेमिफाइनल खेल क्रमशः बुधबार र बिहीबार राति हुनेछन्। विजेता टोलीहरू उपाधिका लागि फाइनलमा भिड्नेछन् भने पराजित टोलीहरू तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

    तेस्रो स्थानका लागि खेल आइतबार राति २:४५ बजे हुनेछ भने विश्वकपको फाइनल सोमबार बिहान १२:४५ बजे खेलाइने तालिका छ।

    यस संस्करणको विश्वकपमा पहिलो पटक ४८ टोली सहभागी भएका छन्। हालसम्म १०४ मध्ये १०० खेल सम्पन्न भइसकेका छन् भने ४४ टोली प्रतियोगिताबाट बाहिरिएका छन्।

    फिफा विश्वकप २०२६ को संयुक्त आयोजना अमेरिका, मेक्सिको र क्यानडा ले गरिरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend