२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

४५ जिल्लाका एक हजार आठ सय बालगृहमा ११ हजार २०२ बालबालिका आश्रित

४५ जिल्लाका एक हजार आठ सय बालगृहमा ११ हजार २०२ बालबालिका आश्रित

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • बालबालिकासम्बन्धी ऐन, २०७५ ले बाल अधिकार र हकहितको संरक्षण तथा संवर्धन गर्न राष्ट्रिय बाल अधिकार परिषद्को व्यवस्था गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको अध्यक्षतामा परिषद् रहने सो ऐनले व्यवस्था गरेको छ । पहिले बालबालिकासम्बन्धी ऐन, २०४८ थियो । २०७५ सालमा नयाँ ऐन जारी गरियो । पुरानो ऐनमा भएको व्यवस्था अनुसार केन्द्रीय बाल कल्याण समिति स्थापना गरिएको थियो । नयाँ ऐन जारी गरिएपछि २०७६ साल असार १२ गतेको निर्णयबाट केन्द्रीय बाल कल्याण समितिलाई राष्ट्रिय बाल अधिकार परिषद्मा रूपान्तरण गरियो ।

    बालबालिकासम्बन्धी ऐनमा बालबालिकाका विभिन्न १३ किसिमका अधिकारको व्यवस्था गरिएको छ । बालबालिकाका क्षेत्रमा कार्य गर्न सङ्घीय मन्त्रालय र विभागका साथै प्रदेशमा बालबालिका हेर्ने मन्त्रालय, स्थानीय तहमा बालबालिका हेर्ने शाखा छन् । ती निकायमार्फत बालबालिका बचाउ, संरक्षण, विकास र सहभागिता सुनिश्चित गरिँदै आएको छ । परिषद्ले बालबालिकाका क्षेत्रमा योजना तयार गर्छ । आवश्यक परेमा अन्य निकायलाई सुझाव पनि दिने गरेको छ । राज्यका निकाय वा अन्य सङ्घ संस्थाले बालबालिकाका आधारभूत अधिकार पूरा भएका छन् वा छैनन् भनेर पनि निगरानी गर्ने गरेको छ । परिषद्ले बालबालिकासम्बन्धी कानुन, मापदण्ड, कार्यविधि आदि तयार गर्दा पनि सहयोग गर्ने गरेको छ । बाल अधिकार संरक्षण तथा संवर्धनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाल प्रहरी र बालगृहका कर्मचारीलाई तालिम दिँदै आएको छ । 

    सरकारले आगामी २०८२ सालसम्ममा सडक मानवमुक्त बनाउने योजना अगाडि सारेको छ । सडक मानवमुक्त हुनु भनेको भिख माग्ने मानिसलाई सडकमा देख्न नपाइनु हो । सडकमा रहेका बालबालिकालाई उद्धार गरेर परिवारसँग मिलन गराइदिने गरिएको छ । लागुऔषधको प्रयोग गर्ने गरेका बालबालिकालाई लागुऔषध पुनस्र्थापना केन्द्रमा पठाएर उद्धार गर्ने गरिएको छ । नेपाल प्रहरीसँग समन्वय गरेर हराएका बालबालिकाको खोजतलास गर्ने, अपहरणमा परेका बालबालिकालाई सकुशल उद्धार गर्ने, बेवारिसे बालबालिकालाई सम्बन्धित परिवारलाई बुझाउने, देहव्यापारमा फसेका र घरेलु कामदारका रूपमा राखिएका बालबालिकालाई उद्धार गर्ने काम पनि जारी छ । 

    परिषद्ले बालगृह सञ्चालन गर्न अनुमति दिने, त्यहाँ हुने गरेका कार्यको अनुगमन गर्ने, मापदण्ड कार्यान्वयन गराउने, कर्मचारीलाई तालिम दिने काम पनि गर्दै आएको छ । हाल ४५ जिल्लामा एक हजार आठ सय बालगृह सञ्चालनमा छन् । त्यसमा ११ हजार २०२ बालबालिका आश्रित छन् । राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत रामबहादुर चन्दले बालबालिकाको दायित्व पूरा नगरेमा बाबुआमाप्रति जरिबानाको व्यवस्था गरिएको बताउनुभयो 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend