२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

शुक्रवार, फाल्गुण ३० २०८१
शुक्रवार, फाल्गुण ३० २०८१
  • झापा - नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ ।
    क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन् ।
    भारतको असममा १९८९ सालमा जन्मिएका उनको ुबसाइँु चर्चित उपन्यास हो । ुब्रह्मपुत्रको छेउछाउु बाट उनले सन् १९८६ मा साहित्य अकादमी पुरस्कार पाएका थिए । उनका ुअतृप्तु, ुप्रतिध्वनिहरु विस्मृतिकोु, ुअसममा नेपाली भाषाको साह्रोगाह्रोु, ुतीन दशक बीस अभिव्यक्तिु लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् ।
    उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।
    क्षेत्रीको ‘बसाई’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलोपटक २०१४ सालमा प्रकाशित भएको थियो । उपन्यासको कथामा फिल्म पनि बनिसकेको छ । ‘बसाइँ’ लाई माइकल हट र लारी हार्टसेलले अंग्रेजीमा अनुवाद गरेका छन् भने ‘ब्रम्हपूत्रका छेउछाउ’ उपन्यास असमिया, हिन्दी र बंगालीमा अनुदित भइसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend