काठमाडौँ – वरिष्ठ कलाकार सुनिल थापाको ६८ बर्षको उमेरमा निधन भएको छ । हृदयाघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको आज निधन भएको हो ।
राति सुटिङबाट फर्किएपछि घरमै बेहोस पाइएपछि थापालाई अस्पताल लगिएको थियो । तत्कालिन बम्बईवाट अभिनय यात्रा गरेका थापाले शुरुवातमा मोडलिङ गरेका थिए ।
वलिउडमा प्रसिद्ध फिल्म एक दुजे के लिएबाट प्रवेश यात्रा थालेका थिए । थापा फुटवल खेलाडी र फोटो पत्रकारको रुपमा समेत प्रसिद्ध थिए । थापाले नेपाली, हिन्दी, भोजपुरी लगायतका चलचित्र गरी दुई सय भन्दा बढि चलचित्रमा अभिनय गरेका थिए । थापालाई चलचित्र चिनोमा रातो काईलाको भूमिकाले चर्चित बनाएको थियो । हिन्दी चलचित्र मेरो कोम पनि थापाको प्रसिद्ध हिन्दी चलचित्र हो ।
थापाले दर्जनौ सफल चलचित्र दिएका छन भने चर्चित पुरस्कारहरु समेत प्राप्त गरेका थिए । थापाको निधनप्रति सिने जगतका कलाकारहरुले दुःख व्यक्त गरेका छन ।