२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट

समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट

बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । 
    २१ फागुनमा सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकको मतगणना बिहीबार सकिएसँगै आयोगले दलहरूले पाउने सिट बाँडफाँट टुंगो लगाएको हो । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५७, नेपाली कांग्रेस २०, नेकपा एमाले १६, नेपाली कम्युनिष्ट पार्टी ९, श्रम संस्कृति पार्टी ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन् । 
    समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।
    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० ९२० अनुसार सम्बन्धित दलहरूले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेस होल्ड (३ प्रतिशत) पार गर्ने ६ दलले पाउने सिट निर्धारण गरेको जनाएको छ । 
    आयोगले ३ दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न बिहीबार नै दलहरूलाई पत्राचार गरेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend