२०८३, कार्तिक ७ गते

समय लोड हुँदैछ...

बाढीपहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा २१ हजार डोज खोप

बाढीपहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा २१ हजार डोज खोप

आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं - बाढी तथा पहिरोपछि हैजालगायत पानीजन्य रोगको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री तथा आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ।

    मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानीलाई थप प्रभावकारी बनाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

    बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको हो। त्यसैले सम्भावित संक्रमणको रोकथाम, बिरामीको शीघ्र पहिचान तथा समयमै उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend