२०८३, मंसिर २ गते

समय लोड हुँदैछ...

तिहारपछि सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

सुन तोलाको २ लाख ७० हजार २ सयमा झर्‍यो

सुन तोलाको २ लाख ७० हजार २ सयमा झर्‍यो

आइतवार, कार्तिक ३० २०८३
आइतवार, कार्तिक ३० २०८३
  • काठमाडौं । तिहार बिदापछि नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। शुक्रबार एकैदिन तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप १ हजार ५ सय रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    तिहारअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको थियो। यसअनुसार तिहारअघि र आजको मूल्य तुलना गर्दा सुन तोलामा १४ हजार १ सय रुपैयाँले सस्तिएको छ।

    यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदी प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तिहारअघि यसको मूल्य ३ हजार ८ सय ५५ रुपैयाँ थियो। यसअनुसार तिहारअघि र आजको तुलनामा चाँदी तोलामा २ सय ५५ रुपैयाँले घटेको छ।

    आजको सुनचाँदीको मूल्य:

    • सुन : प्रतितोला रु. २,७०,२००

    • चाँदी : प्रतितोला रु. ३,६००

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend