२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

रवि लामिछानेका विरुद्ध सहकारी ठगिमा उजुरी दिने जैसी धनुष सहकारी ठगि प्रकरणमा पक्राउ

रवि लामिछानेका विरुद्ध सहकारी ठगिमा उजुरी दिने जैसी धनुष सहकारी ठगि प्रकरणमा पक्राउ

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • पोखरा-सूर्यदर्शन सहकारी ठगि प्रकरणमा पीडितको पक्षवाट आवाज उठाउँदै आएका कृष्णप्रसाद जैशी धनुस बचत तथा ऋण सहकारी ठगि प्रकरणमा पक्राउ परेका छन । जैसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगि गरेको भन्दै जाहेरी दिएका थिए । कास्की प्रहरीले सोमबार उनलाई अर्को सहकारी ठगी प्रकरणमा पक्राउ गरेको हो ।
    प्रहरीका अनुसार उनलाई पोखराकै धनुस बचत तथा ऋण सहकारी संस्थाबाट १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको प्रकरणमा पक्राउ गरिएको हो ।
    जैसीमाथि सहकारीको ८३ लाख रुपैयाँ अपचलन गरेको आरोप छ ।
    सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशले गरेको दोस्रो चरणको छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीलाई कारबाही अघि बढाउन आइतबार मात्र निर्देशन दिइएको थियो ।
    प्रतिवेदन बुझाएको भोलिपल्टै प्रहरीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो । यद्यपि प्रहरीले हालसम्म केही विवरण खुलाएको छैन ।
    छानबिन प्रतिवेदनअनुसार सहकारीमा भएको कुल हिनामिनाको प्रमुख हिस्सा विभिन्न पदाधिकारी तथा सम्बद्ध व्यक्तिहरूबाट भएको देखिएको छ ।
    साबिक साइनो सहकारीसँग एकीकरण पूर्व नै इन्जिनियर असिम बराल ९एबिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक०, गमरेजजंग गुरुङ परिवार श्रीमती काशिमाया गुरुङ र छोरी सिर्जना गुरुङले ३ करोड १७ लाख रुपैयाँ घोटाला गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
    सहकारीका व्यवस्थापक विराज सुवेदीले २ करोड १५ लाख रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
    त्यस्तै, व्यवस्थापक तथा सचिवको दोहोरो जिम्मेवारी सम्हालेका जगत पौडेलले एक करोड २५ लाख रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ ।
    ऋण समितिमा रहेका कृष्णप्रसाद जैशीले ८३ लाख रुपैयाँ अपचलन तथा हिनामिना गरेको प्रतिवेदनले औँल्याएको छ ।
    सहकारीका अध्यक्ष राजाराम सुवेदीले बेथिति देखिएपछि आफैँले रजिस्ट्रार कार्यालयमा छानबिन माग गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend