२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

भोटेकोशी बाढीले क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र सञ्चालन गर्ने तयारी

भोटेकोशी बाढीले क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र सञ्चालन गर्ने तयारी

मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं-भोटेकोशी बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडकलाई असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ।

    गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडक मर्मत सम्पन्न भइसकेको छ। देवीघाटमा एक्रो ब्रिजसमेत जडान गरिएको छ। विदुर क्षेत्रमा बाढी तथा पहिरोका कारण क्षतिग्रस्त सडकमा नेपाली सेनाले ब्लास्टिङमार्फत ट्रयाक खोल्ने काम सुरु गरेको छ।

    यस्तै, रसुवाको बेत्रावतीमा बेलीब्रिज जडान गर्न फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ। बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकखण्डमा ठूलो क्षति नभएको र स्याफ्रुबेँसी क्षेत्रमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने अवस्था रहेको सरकारले जनाएको छ।

    तर, स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको सडकखण्ड भने बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको छ। उक्त क्षेत्रमा नयाँ सडक निर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ। सरकारले तत्काल सडक सञ्चालनसँगै दीर्घकालीन रूपमा स्थायी र सुरक्षित सडक निर्माण गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ।

    यसरी बाढीले क्षतिग्रस्त सडकमा तत्कालीन रूपमा बेलीब्रिज तथा वैकल्पिक ट्रयाक निर्माण गर्दै यातायात सञ्चालन गर्ने र जोखिमयुक्त क्षेत्रमा दीर्घकालीन पूर्वाधार निर्माण गर्ने योजना अघि सारिएको छ।

     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend