२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

कक्षा १२ को ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेसँगै सार्वजनिक गरिएको हो।

    राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल ले बिहान ८ बजे बसेको बैठकबाट नतिजा सार्वजनिक गरिएको जानकारी दिएका छन्।

    बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। यस वर्षको कक्षा १२ परीक्षा वैशाख १४ गतेदेखि २७ गतेसम्म देशभर सञ्चालन गरिएको थियो।

    परीक्षामा नियमित तथा आंशिकतर्फ गरी चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकमा उत्साह छाएको छ भने उच्च शिक्षा अध्ययनका लागि आवश्यक तयारीको बाटो खुलेको छ।

    बोर्डले विद्यार्थीहरूलाई आफ्नो नतिजा आधिकारिक माध्यमबाट हेर्न अनुरोध गरेको छ। नतिजासम्बन्धी विस्तृत विवरण, विषयगत उत्तीर्ण दर, ग्रेड वितरण तथा पुनर्योगसम्बन्धी जानकारी बोर्डले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

    कक्षा १२ को नतिजाले विद्यार्थीहरूको उच्च शिक्षा, छात्रवृत्ति तथा विभिन्न व्यावसायिक तथा प्राविधिक अध्ययनका अवसर निर्धारण गर्ने भएकाले यसलाई विशेष महत्वका साथ हेरिने गरिन्छ। यस वर्षको उत्तीर्ण प्रतिशतले अघिल्ला वर्षहरूको तुलनामा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको अवस्थाबारे समेत संकेत गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend