२०८३, आश्विन ११ गते

समय लोड हुँदैछ...

माछा मार्न गएका दुई युवक राप्तीमा वेपत्ता

माछा मार्न गएका दुई युवक राप्तीमा वेपत्ता

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • चितवन- माछा मार्न गएका दुई युवक राप्ती नदीमा डुवेर वेपत्ता भएका छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर २७ का ४५ वर्षीय सुकबहादुर परियारदुई युवा बेपत्ता भएका हुन । 
    इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको बताए ।
    शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् । शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।
    चितवन राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती लगाएर बेपत्ताहरुको खोजी निकुञ्ज क्षेत्रमा गरेको छ ।
    स्थानीय बोटेहरुले मेघौलीतर्फको क्षेत्रमा खोजी गरिरहेका छन् ।
    चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिलेमात्रै माछा मार्न पाउँछन् । तर, उनीहरू लाइन्सेस प्राप्त व्यक्तिहरू नभएको सई यादवले जानकारी दिए । उनीहरू अनाधिकृत रुपमा तीजको मौका छोपेर नदीमा पसेको यादवले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend