२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

सर्पसँग खेल्ने क्रममा युवकको मृत्यु

सर्पसँग खेल्ने क्रममा युवकको मृत्यु

शनिवार, आषाढ २० २०८३
शनिवार, आषाढ २० २०८३
  • अर्घाखाँची- अर्घाखाँचीमा सर्पसँग खेल्ने क्रममा सर्पले टोकेपछि एक युवकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीका अनुसार शुक्रबार साँझ सर्प समातेर खेलाउने क्रममा कुमाललाई सर्पले टोकेको थियो।

    सर्पदंशपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    घटनापछि स्थानीयवासीले सर्पसँग खेल्ने, समात्ने वा अनावश्यक रूपमा जिस्क्याउने कार्य अत्यन्त जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। साथै, सर्प देखिएमा आफैं समात्ने प्रयास नगरी सम्बन्धित निकाय वा उद्धारकर्मीको सहयोग लिन पनि उनीहरूले सुझाव दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend