२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

डोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

डोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेपछि दुर्घटना भएको हो।

    दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ।

    उद्धारका लागि चन्दननाथ नगरपालिका को एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावल ले जानकारी दिएका छन्।

    प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ भने घाइतेहरूको पहिचान खुलाउने काम भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend