२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

आज पनि देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना, १६ जिल्लामा बाढीको जोखिम

आज पनि देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना, १६ जिल्लामा बाढीको जोखिम

सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं-आज (सोमबार) पनि देशका विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ तथा हुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, देशका १६ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

    महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    त्यसैगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    रातिको समयमा पनि देशका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश, कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

    यता, बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका १६ जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ। काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, संखुवासभा र तेह्रथुम तथा आसपासका क्षेत्रका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend