२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं -राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा कुल १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्, जुन कुल परीक्षार्थीको ६४.६९ प्रतिशत हो।

    नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ जना विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। त्यसैगरी १६ हजार ४६७ जना ले २.८० देखि ३.२०, १४ हजार ३६२ जना ले २.०० देखि २.४०, १ हजार १९५ जना ले ३.२० देखि ३.६०, ४५ जना ले १.६० देखि २.०० तथा १६ जना ले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्।

    बोर्डका अनुसार ०.८० देखि १.२० र १.२० देखि १.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने कोही पनि छैनन्।

    परीक्षार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ। साथै, नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले बोर्डले तोकेको समयसीमाभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ।

    यसैबीच, परीक्षा मर्यादा विपरीत गतिविधिमा संलग्न भएको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका सात जना परीक्षार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend