२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सातदिने हाजिर सूचना

जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सातदिने हाजिर सूचना

मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई विभागमा उपस्थित हुन सातदिने सार्वजनिक सूचना जारी गरेको छ।

    विभागले प्रकाशित गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा जयवीर देउवासँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

    सूचनामा जयवीर देउवाको स्थायी ठेगाना डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ तथा हालको ठेगाना काठमाडौं महानगरपालिका नजिकको बुढानीलकण्ठ नगरपालिका–२, कालोपुल उल्लेख गरिएको छ।

    विभागले तोकिएको म्यादभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने पनि सूचनामार्फत जनाएको छ।

    विभागले सार्वजनिक गरेको सूचना अनुसन्धान प्रक्रियाको एक हिस्सा भएको उल्लेख गर्दै सम्बन्धित व्यक्तिलाई समयमै उपस्थित हुन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend