२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

काठमाडौं उपत्यकामा डुबानको जोखिम बढ्यो, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा डुबानको जोखिम बढ्यो, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

शनिवार, श्रावण २ २०८३
शनिवार, श्रावण २ २०८३
  • काठमाडौं- देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबान र बाढीको जोखिम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति र भोलि उपत्यकामा वर्षासँगै नदी तथा खोलाको जलस्तर उल्लेखनीय रूपमा बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाका मौसमविद् विनोद पराजुलीका अनुसार निरन्तर वर्षाको सम्भावनाका कारण विशेषगरी उपत्यकाका नदी–खोला किनार, होचा भूभाग तथा डुबानको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकले आवश्यक सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।

    उनले वर्षाका कारण बागमती, विष्णुमती, मनोहरा, धोबीखोला लगायतका नदी–खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न र जोखिमयुक्त क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन्।

    मौसमविद् पराजुलीका अनुसार मनसुन अहिले देशभर सक्रिय रहेकाले अधिकांश प्रदेशमा वर्षा हुने सम्भावना छ। यससँगै पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, तराईका होचा भूभागमा डुबान तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम पनि बढेको छ।

    महाशाखाले सर्वसाधारणलाई मौसम पूर्वानुमान, बाढी तथा वर्षासम्बन्धी आधिकारिक सूचनाहरू नियमित रूपमा अद्यावधिक गर्न, आवश्यक बाहेक जोखिमयुक्त यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने निर्देशनको पालना गर्न आग्रह गरेको छ।

    विशेषज्ञहरूले आगामी केही दिन मनसुनको प्रभाव अझ बलियो रहने सम्भावना रहेकाले सतर्कता नै सम्भावित जोखिम न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय हुने बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend