२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

मुग्लिन–नारायणगढ सडकमा ढुंगा र लेदो खस्दा एकतर्फी यातायात, एक घण्टाभित्र दुईतर्फी सञ्चालनको प्रयास

मुग्लिन–नारायणगढ सडकमा ढुंगा र लेदो खस्दा एकतर्फी यातायात, एक घण्टाभित्र दुईतर्फी सञ्चालनको प्रयास

सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • चितवन - मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा माथिबाट ढुंगा तथा लेदो खस्दा यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

    सडक डिभिजन भरतपुरका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल क्षेत्रमा माथिबाट ढुंगा खसेको छ भने सिमलताल क्षेत्रमा लेदो जम्मा भएपछि सडक आंशिक रूपमा अवरुद्ध भएको हो।

    अवरुद्ध सडक खुलाउन सडक डिभिजनले डोजर तथा अन्य आवश्यक उपकरण परिचालन गरी अवरोध हटाउने काम तीव्र रूपमा अघि बढाएको जनाएको छ।

    डिभिजनले सोमबार बिहान ८:२५ बजे जारी गरेको सूचनामा थप पहिरो नझरेको अवस्थामा करिब एक घण्टाभित्र सडक दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्य रहेको उल्लेख गरेको छ।

    यद्यपि, क्षेत्रमा वर्षा जारी रहेकाले पहिरो खस्ने जोखिम अझै कायम रहेको छ। त्यसैले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझ्न र अत्यन्त सावधानी अपनाउन सडक डिभिजन भरतपुरले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।

    वर्षायामका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा पटक–पटक पहिरो र ढुंगा खस्ने घटना भइरहेका छन्। यसले यात्रामा ढिलाइ हुनुका साथै दुर्घटनाको जोखिम पनि बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend