२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

सप्तरीमा निषेधाज्ञा पूर्ण रूपमा हटाइयो, शान्ति–सुरक्षा अवस्था सामान्य

सप्तरीमा निषेधाज्ञा पूर्ण रूपमा हटाइयो, शान्ति–सुरक्षा अवस्था सामान्य

सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • सप्तरी - जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १०:०० बजेदेखि पूर्ण रूपमा हटाएको जनाएको छ।

    सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न हुन सक्ने असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा लागू गरिएको थियो। पछिल्ला दिनमा सुरक्षा अवस्था सुधार हुँदै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको हो।

    यसअघि आइतबार जिल्ला प्रशासन कार्यालयको समन्वयमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्‍याली आयोजना गरिएको थियो। र्‍यालीमा विभिन्न समुदायका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको प्रशासनले जनाएको छ।

    प्रशासनका अनुसार हाल जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य रहेकाले नागरिकलाई दैनिक गतिविधि सहज रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ। साथै सबै पक्षलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न अनुरोध गरिएको छ।

    जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, भ्रामक सूचना प्रसारण गर्ने वा सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैसँग अपिल गरेको छ। प्रशासनले यस्ता गतिविधिमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend