२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

ट्रकमा लुकाएर ६४७ किलो गाँजा ओसारपसार, चालक र सहचालक पक्राउ

ट्रकमा लुकाएर ६४७ किलो गाँजा ओसारपसार, चालक र सहचालक पक्राउ

बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • धनकुटा- धनकुटामा ट्रकमा लुकाएर ठूलो परिमाणमा लागूऔषध गाँजा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–३ का २७ वर्षीय उमेश थिङ (ट्रक चालक) र धनकुटाको शहीदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलराम राई (सहचालक) रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा आइतबार बिहान विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकमा प्रहरीले शंका लागेर जाँच गरेको थियो।

    जाँचका क्रममा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ वटा पोकामा ६४७ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

    यस घटनाबारे प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी दिएको हो। बरामद गरिएको गाँजाको तौल गर्दा कुल ६४७ किलोग्राम रहेको पुष्टि भएको प्रहरी उपरीक्षक रञ्जितकारले बताए।

    प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend