काठमाडौं-सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापतिलाई नियुक्त गरेको छ। प्रजापतिले यसअघि नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिस्ट्रारका रूपमा कार्यअनुभव हासिल गरिसकेकी छन्। त्यस्तै, काउन्सिलको उपाध्यक्षमा विमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्ट नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ ग्रहणसँगै उनीहरूले बिहीबारदेखि नै नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्न सुरु गरेका छन्। सरकारको यो नियुक्तिसँगै काउन्सिलको नेतृत्वले नर्सिङ शिक्षा, दर्ता, नियमन तथा पेशागत मापदण्ड कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।