काठमाडौं— पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही **पुरबहादुर गुरुङ ‘युक्ता’**को पार्थिव शरीर बिहीबार साँझ काठमाडौं ल्याइएको छ।
नेपाल ल्याइएपछि गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आजै **नेपाल पर्वतारोहण संघ**को नागपोखरीस्थित सचिवालयमा राखिने भएको छ।
संघका अनुसार गुरुङको अन्त्येष्टि शुक्रबार बिहान ९ बजे **स्वयम्भूनाथ**मा गरिनेछ।
पाकिस्तानको ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा गुरुङसहित १० जना पर्वतारोहीले ज्यान गुमाएका थिए। उक्त दुर्घटना नेपाली पर्वतारोहण क्षेत्रका लागि अत्यन्त दुःखद घटनाका रूपमा लिइएको छ।