२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

शनिवार, भाद्र ६ २०८३
शनिवार, भाद्र ६ २०८३
  • नारायणगढ- चितवनको खैरहनी नगरपालिका–१, तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

    आज दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

    दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २६ वर्षीया महिला गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएको थियो।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार उपचारका क्रममा मोटरसाइकल चालकको दिउँसो १ः५५ बजे र महिलाको २ः०० बजे मृत्यु भएको हो। मृतकहरूको नाम, थर र ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस र मोटरसाइकल दुवै प्रहरीको नियन्त्रणमा छन्।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend