२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

विपद्का बेला शवबाट गहना निकाल्ने दुई जना पक्राउ

विपद्का बेला शवबाट गहना निकाल्ने दुई जना पक्राउ

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ- विपद्को समयमा अमानवीय गतिविधि गरेको आरोपमा प्रहरीले चितवनबाट दुई जनालाई पक्राउ गरेको छ।

    भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी नदी किनारमा ल्याएको एक महिलाको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

    बुधबार तिब्बततर्फबाट आएको भीषण पहिरोसहितको बाढीले बगाएर ल्याएका शवमध्ये एक महिलाको शवबाट कानको सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियोका आधारमा अनुसन्धान गर्दा घटनामा संलग्न देखिएका दुई जनालाई बिहीबार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कनजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

    प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ।

    भोटेकोशी बाढीपछि नारायणी र त्रिशूली नदी किनारमा भेटिएका शवको पहिचान तथा व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ। यस्तो संवेदनशील अवस्थामा मृतकको शरीरबाट गरगहना निकाल्ने घटनाले पीडित परिवारमा थप पीडा र आक्रोश उत्पन्न गराउन सक्ने भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

    प्रहरीले विपद्को समयमा शव तथा पीडितका सामानमा अनधिकृत रूपमा हात नलगाउन र त्यस्ता गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend