२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

कृष्णभीरमा सडक बगेपछि वैकल्पिक मार्ग सञ्चालन गरिने

कृष्णभीरमा सडक बगेपछि वैकल्पिक मार्ग सञ्चालन गरिने

बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोले सडक बगाएपछि सरकारले वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्ने भएको छ।

    मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग पहिचान गरी तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

    बैठकको निर्णयअनुसार वैकल्पिक मार्गका रूपमा गोरखाको त्रिशूली नदी पुल बेनीघाटदेखि त्रिशूली नदी पुल फिस्लिङसम्मको सडक स्तरोन्नति गरिनेछ। उक्त सडकलाई यातायात सञ्चालनयोग्य बनाउन आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको काम पूर्वाधार विकास मन्त्रालयले गर्नेछ।

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कृष्णभीर क्षेत्रमा ठूलो पहिरो गएको थियो। पहिरोका कारण पृथ्वी राजमार्गको सडकखण्डमा क्षति पुगेपछि नियमित यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ।

    मुख्य राजमार्ग तत्काल सञ्चालनमा ल्याउन कठिन हुने अवस्था देखिएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्गबाट आवतजावत गराउने तयारी सरकारले अघि बढाएको हो।

    सरकारले वैकल्पिक सडकको स्तरोन्नति तथा आवश्यक व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ। वैकल्पिक मार्ग सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं, पोखरा तथा अन्य जिल्लाबीच हुने यातायात आवागमनमा केही सहजता आउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend